coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाको चुनावपछि मात्र सरकार छोड्छौंः मन्त्री राणा

काठमाडौं – अर्थराज्यमन्त्री उदयशमशेर राणाले संविधानअनुसार प्रक्रिया पूरा गरेपछि मात्रै सत्ता हस्तान्तरण हुने बताएका छन्।

कांग्रेसले सत्ता छोड्न नमानेको भन्ने आरोपको खण्डन गर्दै मन्त्री राणाले संविधानअनुसार प्रक्रिया र जिम्मेवारी छोडेर सरकार छाड्दा अन्यौलता सिर्जना हुने भएकाले राष्ट्रियसभाको चुनाव सम्पन्न भएपछि सरकार छोडिने रस्पष्ट पारे।

वाम गठबन्धनका कारण नै कांग्रेसले चुनाव हारेको भन्दै उनले केन्द्रिय समिति बैठकमा चुनावी समिक्षा सुरु भएको बताए। केन्द्रिय समितिमा समिक्षा गरेपछि महासमिति बैठक बसेर पराजयको समिक्षा हुने राणाको भनाई छ।

आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै मन्त्री राणाले व्यवसायी अजेयराज सुमार्गीको सम्पत्तिको बारेमा छानविन भइरहेको बताए। दोस्रो चरणको छानबिनका लागि अन्तराष्ट्रिय संस्थासँग समन्वय गर्न लागिएको उनले जानकारी गराए।

प्रकाशित: ७ माघ २०७४ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App