७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश नम्बर ७ को सपथमा दुई सांसद अनुपस्थित

धनगढी – प्रदेश नम्बर ७ को प्रदेश सभा सदस्यको सपथग्रहण कार्यक्रममा दुई सांसद अनुपस्थित भएका छन्।

कुल ५३ सांसद रहेको प्रदेशमा आइतबार आयोजित सपथ ग्रहण समारोहमा डोटी ‘क’ बाट निर्वाचित सांसद भरत बहादुर खड्का र कैलालीबाट समानुपातिक सांसद सुन कुमारी चौधरी अनुपस्थित भएका हुन। चौधरी काठमाडौंमा रहेका कारण सपथ ग्रहण कार्यक्रममा पुग्न नसकेको र खड्का अनुपस्थित हुनुको कारण नखुलेको छैन।

कैलाली जिल्ला समन्वय समितिको सभा हलमा जेष्ठ सदस्य दिब्यश्वरी शाहलाई प्रदेश प्रमुख मोहनराज मल्लले सपथ ग्रहण गराए। त्यस पश्चात अन्य सदस्यहरुलाई चौधरीले सपथ ग्रहण गराएकी थिइन्।

प्रदेश प्रमुख मल्ल शनिबार नै धनगढी आइपुग्ने भनिएपनि बाक्लो हुस्सुका कारण हेलिकप्टर उडान हुन नसक्दा स्थल मार्गबाट आइतबार बिहान धनगढी पुग्दा सपथ ग्रहणमा केही समय ढिलाइ भएको थियो।  

प्रकाशित: ७ माघ २०७४ १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App