६ वैशाख २०८१ बिहीबार
समाज

धनकुटावासीद्वारा थाल ठटाएर सरकारको विरोध

थाल ठटाएर विरोध गर्दै धनकुटाबासी ।  तस्बिरः सिद्धराज राई

धनकुटा –  प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि विरोधमा उत्रिएका धनकुटावासीले आइतवार फरक किसिमको आन्दोलन गरेका छन्। 

आन्दोलनकारीको ‘आमहडताल’ र स्थानीय प्रशासनको ‘निषेधाज्ञा’ को बीच धनकुटावासीले घरवाहिर पेटीमा बसेर करिव एक घण्टा थाल ठटाएका थिए । धनकुटालाई सरकारले अपहेलना गरेको भन्दै विरोधस्वरुप थाल ठटाएर विरोध गरेको धनकुटा बजारबासी राजु श्रेष्ठले बताए। 

त्यस्तै सरकारको निर्णयको विरोध गर्दै धनकुटा बजारमा सवै घरमा कालो झण्डा राखेका छन् । आन्दोलनकारीले सरकारी कार्यालयमा पनि कालो झण्डा राख्ने योजना रहेका बताए । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र क्षेत्रीय प्रशासक राजेश्वरमान सिहको विरुद्ध नाराबाजी गरेका छन्। 

प्रदेश नम्बर १ को अस्थायी राजधानी तोकिनु पर्ने माग राख्दै धनकुटावासीले विगत ३७ दिन देखि आन्दोलन गर्दै आइरहेका छन्। 

आइतवार पनि धनकुटा बजार वन्द छ । बजार क्षेत्रका पसल खुलेका छैनन् । आन्दोलनकारीले बजारका ठाउँठाउँमा टायर बालेर विरोध कार्यक्रम गरिरहेका छन् । त्यस्तै कोशी राजमार्गमा कुनै सवारी साधान चलेको छैन । जसको कारण कोशी पहाडका धनकुटा सहित भोजपुर, संखुवासभा, तेह्रथुमको जनजीवन प्रभावित बनेको छ।   

प्रकाशित: ७ माघ २०७४ ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App