१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बगेर दुई जनाको मृत्यु, एक घाइते

तुलसीपुर (दाङ)–  दाङको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वार खोलामा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै रा १ त ११४२ नम्बरको ट्याक्टर आज साँझ बगाउँदा एकको मृत्यु भएको र एकजना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

मृत्यु हुनेको सनाखत हुन सकेका छैन । ट्याक्टरमा सवार घाइते पुरन विश्वकर्माको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

त्यसैगरी सोही खोलाले बगाउँदा तुलसीपुर–१७ खुम्खानीका जुद्धबहादुर विकको आजै मृत्य भएको प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिए। रासस

 

प्रकाशित: २७ श्रावण २०७३ १४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App