८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

सुर्खेत- ६ नम्वर प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले आइतबार पदभार ग्रहण गरेका छन्। क्षेत्रीय वन तालिम केन्द्रको भवनमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख खनालले पदभार ग्रहण गरेका हुन्। विहान १० बजेका लागि तय गरिएको पदभार ग्रहण कार्यक्रम एक घण्टा ढिलो भएको थियो।

काठमाडौंबाट नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट विहान १० बजे प्रदेश प्रमुखसहित २४ प्रदेश सांसद सुर्खेत आइपुगेका थिए। सुर्खेत विमानस्थलबाट क्षेत्रीय वन तालिम केन्द्रमा पुगेर प्रदेश प्रमुख खनालले पदभार ग्रहण गरेका थिए। पदभार ग्रहणअघि नेपाली सेनाले सलामी दिएको थियो।

प्रदेश प्रमुख खनालले संघीयता नेपालका लागि नयाँ भएकाले यसको कार्यान्वयनका लागि सबैको साथ र सहयोगको खाँचो रहेको बताए। ‘हामी नयाँ अभ्यासमा छौं, संघीयता कार्यान्वयन अहिलेको मूख्य चुनौति हो’ पदभार ग्रहणपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रदेश प्रमुख खनालले भने, ‘संघीयता कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक छ।’ उनले ६ नम्वर प्रदेशको विकास र समृद्धिका लागि आफू क्रियाशिल रहने बताए।

प्रकाशित: ७ माघ २०७४ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App