coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश एकमा ७३ वर्षीय सरावगीले गराए शपथ

सपथ ग्रहणपश्चात सामूहिक फाेटाे खिच्दै सांसदहरू । तस्बिर : अजित तिवारी

विराटनगर– झापा, भद्रपुरका ७३ वर्षीय ओमप्रकाश सरावगीले प्रदेश नम्बर १ का सांसदलाई आइतबार शपथ ग्रहण गराएका छन्। नेपाली काँग्रेसबाट समानुपातिक प्रदेशसभा सदस्य बनेका सरावगीलाई भने प्रदेश नम्बर १ का प्रमुख गोविन्दबहादुर तुम्बाङले शपथ खुवाएका थिए। 

प्रदेश नम्बर १ को राजधानी विराटनगरको वीरेन्द्र सभागृहमा आयोजना गरिएको शपथग्रहण समारोह भरिभराउ थियो । मञ्चमा प्रदेश प्रमुख तुम्बाङ, प्रदेश सभाका ज्येष्ठ सदस्य सरावगी, क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा, महानगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्की आसिन थिए। 

राष्ट्रिय गानबाट सुरु भएको शपथ ग्रहण समारोहमा सहभागी प्रदेश नम्बर १ का ९३ जना प्रदेश सभा सांसद विभिन्न भेषभुषामा उपस्थित भए । प्रदेश प्रमुख तुम्बाङले ज्येष्ठ सदस्य सरावगीलाई सुरुमा एक्लै शपथग्रहण गराए । त्यसलगत्तै ज्येष्ठ सदस्य सरावगीले दर्शकदीर्घामा लहरै बसेका प्रदेश सांसदलाई शपथ खुवाएका थिए। 

निर्धारित समय भन्दा दुई घण्टा ढिलो शपथ ग्रहण समारोह सुरु भएपनि सुनसरीको समानुपातिक सांसद उमिता विश्वकर्मा र उदयपुरको निर्वाचित सांसद कला घले आइपुगिन् । शपथग्रहणपछि आयोजित जलपान समारोह चलिरहँदा आइपुगेका यी दुबै प्रदेशसभा सदस्यको शपथग्रहणका कागजी प्रकृया पुरा गरिएको थियो। 

प्रकाशित: ७ माघ २०७४ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App