coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काबुलको पाँचतारे होटलमा आक्रमण, ६ को मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिवानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको छ। 

अफगान गृह मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार शनिबार राति गरिएको सो आक्रमणमा परी अरु छ जना घाइते भएका छन् भने १०० जनालाई भने उद्धार गरिएको छ। 

अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टर कन्टिनेन्टल नामको सो पाँचचारे होटलमा विस्फोटक पदार्थ जडित ज्याकेट (आत्मघाती ज्याकेट) लगाएका र हातहतियारहरू लिएका चारजना तालिवान आतङकवादीले आक्रमण गरेको जनाइएको छ । 

उनीहरूले शनिबार राति इन्टरकन्टीनेन्टल होटलमा आक्रमण गर्दा त्यहाँ कैयाँ विदेशी पर्यटक पनि रहेका थिए। 

आइतबार बिहानसम्म पनि छिटफुट रुपमा बन्दुक पड्काइएको आवाज सुनिएको थियो भने होटलको धुरीबाट धुवाँको मुस्लो समेत देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। 

आतङ्ककारीहरूले सो होटलमा हमला सुरु गरेपछि उनीहरूलाई प्रहरीले घेरा हालेको थियो । प्रहरीको कारबाहीमा आक्रमणकारी नै मारिएका छन्। 

त्यस्तै मारिनेमा पाँच जना अफगान र एक विदेशी पर्यटक परेका छन् । मारिएकामा चार आत्मघाती आक्रमणकारी, एकजना अफगान नागरिक र अर्का एकजना विदेशी पर्यटक परेका यहाँका प्रहरी अधिकारीले पुष्टी गरेका छन्। 

“आतङ्कवादीहरूले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले जवाफी आक्रमण गरेका थिए,” गृह मन्त्रालयका प्रवक्ता नाजीब डानीशले स्थानीय सञ्चारमाध्यमसँग भने। 

आतङ्कवादीहरूको नियन्त्रणमा के कति मान्छे छन् या छैनन् भन्ने बारेमा केही स्पष्ट हुन नसकेको अधिकारीहरुले बताएका छन्। घटनास्थलमा कुनै सञ्चारकर्मी तथा आम मान्छेलाई जान दिइएको छैन। 

एम्बुलेन्सहरूलाई पनि घटनास्थलमा जान नदिएर होटल नजिकै लाईनमा राखिएको छ । घटनाका कारण पश्चिमी छिमेकी सहरहरुमा ट्राफिक जाम परेको छ। 

सो होटललाई प्रहरीले घेरा हालेको छ। भित्रबाट अहिले पनि सनातिना विस्फोटका आवाज आइ नै रहेको बताइएको छ। 

आतङ्ककारीले होटलका पहुनाहरुलाई नियन्त्रणमा लिएर बन्धक बनाएर राखेको हो कि भन्ने बारेमा पनि प्रहरीले अहिले नै केही भन्न सकिरहेको छैन। तर अहिले घटनास्थल भने पूर्ण रुपमा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको बताइएको छ। 

प्रकाशित: ७ माघ २०७४ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App