coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्मीलाई दोहोरो उपाधि

काठमाडौं – नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत १७औं पुरुष तथा दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगितामा शनिबार दोहोरो उपाधि जितेको छ । पुरुष÷महिला दुवैमा च्याम्पियन बनेको आर्मीको महिला टिम गत संस्करणमा भने उपविजेता बनेको थियो । पुरुषमा भने डिफेन्डिङ च्याम्पियन आर्मीले उपाधि रक्षा गर्न सफल भयो।

हेटौंडामा भएको पुरुष फाइनलमा आर्मीले साबिक उपविजेता सुदूर पश्चिमाञ्चललाई २–१ गोलले पराजित ग¥यो । आर्मीका दीपेन्द्र ऐर र प्रदीप राजवंशीले १–१ गोल गरे । सुदूरपश्चिमाञ्चलका राजेन्द्र कार्कीले सान्त्वना गोल गरे। पश्चिमाञ्चल तेस्रो भयो।

महिलाको उपाधि भिडन्तमा आर्मीले मध्यमाञ्चललाई ४–० गोलले सहजै हरायो । आर्मीका सीता चौधरीले २ तथा पिंकी सिन्जाली र सीतामाया बलले १–१ गोल गरे । डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिमाञ्चल तेस्रोमा सीमित भयो । सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई सडन डेथमा पाखा लगायो । निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो।

पुरुषमा पूर्वाञ्चलका मनोज चौधरी तथा महिलामा आर्मीकी सीतामाया बल उत्कृष्ट खेलाडी चुनिए । माघ १ गते सुरु प्रतियोगिताको पुरुषमा ५ विकास क्षेत्र र आर्मी गरी ६ टिम सहभागी थिए । महिलामा मध्यपश्चिमाञ्चलबाहेक ४ विकास क्षेत्र र आर्मीसहित ५ टिमले भाग लिएका थिए।
 
 

प्रकाशित: ७ माघ २०७४ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App