coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विप्लव माओवादीले हुम्ला र मुगुको खाद्यान्न रोके

हुम्ला – हुम्ला र मुगुका लागि पठाइएको खाद्यान्नमा दाेहाेराे कर उठाइएकाे भन्दै विप्लव माओवादीले खाद्यान्न सामाग्री बीच बाटोमै कब्जा गरेका छन्। 

हुम्ला र मुगु दुबै जिल्लाका स्थानीय निकायले कर उठाएको भन्दै उनीहरूले १० दिनदेखि  नून, तेल, चामल लगायतका खाद्यान्न बोकेका ३०० खच्चर रोकेर राखेका हुन्।

हुम्ला र मुगुको सीमा क्षेत्र बाममा खाद्यन्न रोकेर राखेपछि हुम्ला र मुगुमा खाद्यान्नको अभाव भएको सर्केगाड गाउँपालिका हुम्लाका अध्यक्ष  कृष्ण रोकायाले बताए। 

हुम्ला र मुगुका जिल्ला प्रमुखसँग यस विषयमा बुझ्न खोज्दा जिल्ला प्रशासन कार्यलयमा केही खबर नआएको र आफूहरूले त्यस विषयमा बुझ्न लगाउने बताए। 

प्रकाशित: ७ माघ २०७४ ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App