आन्दोलनको अवज्ञा गरेको भन्दै दर्जनौँ सवारी तोडफोड

आइतबार, ०७ माघ २०७४, १० : ३१ अरूण बम

डोटी – आन्दोलनको अवज्ञा गरेको भन्दै डोटीका आन्दोलनकारीहरुले दर्जनौ सवारी साधनहरु तोडफोड गरेका छन् । आन्दोलनकारीले भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा यात्रु वाहक बस, हाईस, मालबाहक ट्रकहरू तोडफोड गरेका छन् । 

शनीबार साँझदेखि यता मात्रै करिब एक दर्जन सवारी साधनले बन्द अवज्ञा गर्न प्रयत्न गरेपछि तोडफोड गर्न बाध्य भएको आन्दोलनमा सक्रिय विद्यार्थी नेता गणेश खड्काले बताए । उनका अनुसार उग्रतारा यातायातको ना ४ ख ११२७, मालिका यातायातको ना ७ ख ८५३ नम्बरका बसहरूतोडफोड गरेर इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाइएको छ । 

यस्तै बा २ ख १३१५को हाइस, से १ ज ९८१ र बा ११ च ९०६४ नम्बरको स्कोरपिओ र ना २ ख ९९२९ नम्बरको ट्रक तोडफोड गरेर प्रहरीको जिम्मा लगाइएको आन्दोलनकारीहरुले बताएका छन्। 
यस्तै एउटा सरकारी नम्बर प्लेटको मोटरसाइकल आन्दोलनकारीहरुरूले नियन्त्रणमा लिएका छन्। 

बाँकी आधा दर्जन गाडीहरू तोडफोड गरेर फिर्ता पठाइएको विद्यार्थी नेता खड्काले बताए । उनले भने,‘बन्द छ भन्दाभन्दै पेलेर हिड्न खोजेपछि तोडफोड गर्न बाध्य भएका हौँ । प्रहरीको समेत नसुनेर आएका रहेछन् ।’

पछिल्लो तीनदिन यता आन्दोलनलाई सशक्त बनाउन आन्दोलनकारीहरूले डोटीको बुडर र गैरामा सडक ठप्प पारिरहेका छन् । सो सडक सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालाई तराईका कैलाली र कञ्चनपुरसंग जोड्ने एउटा मात्र नाका हो । सोही नाका अबरुद्ध पारेर आन्दोलन सशक्त बनाउने संघर्ष समितिले जनाएको छ । सोही अनुरुप दिपायलबाट केआईसिँह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा आन्दोलनकारीहरूको टोली बुडर पुगेको छ। उता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाको नेतृत्वको टोलीले सघाइरहेको छ। 

आन्दोलनलाई तुहाउन कैलाली, कञ्चनपुरका यातायात व्यवसायी तथा प्रहरी प्रशासनले बन्दबारे जान्दाजान्दै गाडीहरू पठाइरहेको आन्दालनकारीहरूको आरोप छ । ‘हामी यता आन्दोलित भएको उहाँहरुलाई मजाक लागिरहेको छ । त्यसैले धमाधम यात्रु बोकेर गाडी पठाउँदैछन्,’ बन्दको नेतृत्व गरिरहेका केआईसिँह गाउँपालिकाका अध्यक्ष शाहीले भने,‘हिजो(शनीबार) दिउँसोसम्म खाली रोकेर बस्यौ । धेरै गर्नथालेपछि तोडफोडमा उत्रेका छौ । अझै बढी गरे आगजनी गर्न पछि पर्ने छैनौँ।’ 

७ नम्बर प्रदेशको राजधानी दिपायल माग्दै डोटीमा २६ दिनदेखि आन्दोलन भैरहेको छ । सरकारले अस्थायी मुकाम धनगढी तोकेपछि यहाँको आन्दोलन निकै उग्र बन्दै गएको छ । जिल्ला सदरमुकाम सिलगढी र दिपायलमा प्रहरी र प्रदर्शनकारीहरूका बीचमा दिनहुँ झडप भैरहेको छ । 







यसमा तपाईको मत

अन्य समाचार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

हुन्डाई भेन्यू अब नेपालमा

हुन्डाई भेन्यू अब नेपालमा

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad