coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एक डेढ महिनाभित्रै संविधान संशाेधन प्रक्रिया अघि बढ्छः मन्त्री निधि

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले एक डेढमहिनाभित्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका छन्। मधेशी मोर्चासँग भएको सम्झौताअनुसार अब संविधान संशोधन हुने उनले बताए।

‘सबै पक्षसँग हामी छलफल गर्छौं, मधेशी, जनजाति, आदिवासी, थारु लगायतका मागहरु सम्बोधन गर्न संविधान संशोधन गर्नेमा हामी तयार छौं, सत्तारुढ दल यसको लागि गृहकार्यमा जुटिसकेको छ,’ रिपोर्टर्स क्लबमा बिहीबार उनले भने।  

उनले मधेशी मोर्चा अविश्वासको पक्षमा मतदान गरेसँगै सत्तारुढ दल भएकाले उसँग आन्तरिक गृहकार्य गर्दै प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्ने स्पष्ट पारे। मन्त्री निधिले भने, ‘अघिल्लो सरकारले मधेशको मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमै ग्रहण गरेन, काँग्रेस र माओवादीले सुरुवातीदेखि नै मधेशको मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमा लिएको छ, अब हामी अविश्वासको पक्षमा मतदान गर्नेहरुवीच गृहकार्य गर्छौं, त्यसपछि वार्ताको मोडालिटि तयार पारेर एमालेसँग छलफल गर्छौं।’

उनले राजनीतिक सहमतिका आधारमा संशोधनका बुँदाहरु पहिचान गरी संसदमा संशोधन विधेयक प्रस्तुत गर्ने बताए। निधिले सिमांकन, राष्ट्रिय सभा र नागरिकतालगायत अन्य विषहरुमा संशोधन गरिने बताए। मधेशी मोर्चा संविधान संशोधन नभएसम्म सरकारमा नआउने स्पष्ट पारे।

मधेशी मोर्चाले आन्दोलनका क्रममा साहादत प्राप्त गर्नेलाई सहिद घोषणा गर्नुपर्ने, घाइतेलाई उपचार गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने, मुद्दा फिर्ता गर्ने, आन्दोलनमा दमन भएकोबारेमा न्यायिक छानविन गर्नुपर्नेलगायत उठाएका राजनीतिक मागहरु पूरा गर्नेबारेमा छिट्टै सहमति हुने दाबी गरे।
उनले आगामी ०७४ माघ ७ भित्रै तीन वटै निकायका निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको लागि काँग्रेस–माओवादी केन्द्रवीच गठबन्धन बनेको  दाबी गरे।

संविधान जारी भएयता नेपाल–भारत सम्बन्धमा चिसोपना देखिएको र केही असहज परिस्थिति बनेको उल्लेख गर्दै त्यसलाई अझै राम्रो बनाउनको लागि पनि आफ्नो भारत भ्रमण बढि केन्द्रित रहने उनले बताए। यद्यपी उनले आफू प्रधानमन्त्रीको विशेष दूतको रुपमा भारत जान लागेको स्पष्ट पारे।

‘प्रधानमन्त्रीको तर्फबाट भारतका राष्ट्रपतिको नेपाल भ्रमणको लागि निम्तो दिने, नेपालका प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले दिनुभएको भ्रमणको निम्तोबारेमा कुरा गर्ने र नेपाल–भारत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल हुनेछ, अब नेपाल–भारत सम्बन्ध सुमधुर हुनेछ, छिट्टै हाम्रो प्रधानमन्त्रीले पनि भारत भ्रमण गर्नुहुनेछ, भ्रमणको गृहकार्यको तयारी भारतीय राजदूतावास र नेपाल सरकारले गर्नेछ।’

उनले प्रधानमन्त्रीले आफूहरु भारत र चीन जानुपुर्व नै भ्रमणको उद्देश्यको बारेमा विशेष निर्देशन दिनेसमेत बताए।  

निधिले अर्का उप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पनि प्रधानमन्त्रीको विशेष दूतको रुपमा चीन जान लागेको उल्लेख गर्दै चीन भ्रमणमा रहँदा उपप्रधानन्त्री महराले द्विपक्षीय सम्बन्ध मजबुत बनाउने, चीनीयाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय गर्ने लगायतका बारेमा छलफल गर्नेे जनाए। निधिले छिट्टै सरकारले पूर्णता पाउने दाबी गरे ।

 

प्रकाशित: २७ श्रावण २०७३ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App