coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

न्यु डायमन्ड र पुलिस विजयी

काठमाडौं – शिवम् न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल पुलिस क्लब १३औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको तेस्रो दिन विजयी भएका छन्।

नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोटर््स क्लबको खेलमैदानमा शनिबार भएको खेलमा शिवम् न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा न्यु डायमन्डले आर्मीमाथि २६–२४ को कठिन जित निकालेको थियो । त्यसपछि आफ्नो लय समातेको डायमन्डले २५–१४ र २५–१६ को जित निकाल्न सफल भयो। 

लिगको शीर्ष स्थानमा रहेको नेपाल एपिएफ क्लबले थ्री स्टारमाथि २५–३, २५–२, २५–१ को सहज जित निकाल्यो । पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग पराजित भएको पुलिसले मेघौली स्पोटर््स क्लब चितवनलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गर्न सफल भएको हो । पुलिसले मेघौलीमाथि २५–१०, २५–७ र २५–१३ को सहज जित निकाल्यो । पुलिससँग पराजित हुनुअघि मेघौलीले पारामाउन्ट स्कुलमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट मेघौलीले १९–२५ ले जित्दै सहज सुरुआत गरेको थियो । तर, त्यसपछिको दुई सेट २५–२०, २५–१९ ले गुमाएको मेघौलीले उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई सेट २५–२०, १५–५ ले आफ्नो पक्षमा पारेको थियो। 

शनिबार न्यु डायमन्ड स्पोर्ट्स क्लब दोहोरो जित निकाल्न सफल भयो । पहिलो खेलमा स्प्रिङ्डेलको चुनौती १८–२५, २५–१५, २५–१७, २९–२७ ले पन्छाएको न्यु डायमन्ड स्पाेर्ट्स क्लबले थ्री स्टार एकेडेमीलाई २५–१८, २५–१४, २५–२० ले पराजित ग¥यो । जितसँगै एपिएफ चार खेलबाट अपराजित रहँदै १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।  ९ अंक जोडेको न्यु डायमन्ड दोस्रो तथा समान ९ अंक नै रहेको तर, एक खेल बढी खेलेको आर्मी तेस्रो स्थानमा छन् । न्यु डायमन्ड स्पोटर््स र पारामाउन्ट स्कुल समान ६ अंकसहित चौथो र पाँचांै स्थानमा रहेका छन् । लिगमा टप्स उच्च मावि पोखरा, पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल संघ र श्रीगाउँ स्पोटर््स क्लब दाङले खेल्न बाँकी छ। 

प्रकाशित: ७ माघ २०७४ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App