हामी बलियो हुँदैछौँ कि कमजोर ?

आइतबार, ०७ माघ २०७४, ०९ : १६ आदित्यमान श्रेष्ठ

के हाम्रो समय नेपालको इतिहासको सबभन्दा कमजोर अवस्था हो ? पढ्दा, सुन्दा र देख्दा यस्तै लाग्छ । हामीलाई मात्र होइन, हाम्रो राज्य सँभालेर बसेका सत्ताधारीहरूलाई पनि यस्तै लागेको छ । मंसिर १९ गते २०७३ सालमा राष्ट्रिय एकता र संविधानको संरक्षण गर्ने जिम्मा लिएका राष्ट्रपति विद्या भण्डारीले मुलुकको एकता र अखण्डता खतरामा रहेको र अप्ठ्यारोमा परेको छ भने । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाको उत्तरदायित्व लिएको नेपाली सेनाले फागुन ९ गते २०७२ मा मुलुकको परिस्थिति कठिन, चुनौतीपूर्ण र अत्यन्तै अस्थिर रहेको संस्थागत निष्कर्ष निकाल्यो । फलस्वरूप प्रधानसेनापति राजेन्द्र क्षत्रीले भने— नेपाली सेना जुनसुकै परिस्थितिको सामनाका लागि उच्च सतर्कतामा बसेको छ । त्यस्तै प्रकारको अभिव्यक्ति उनले फागुन १३ गते २०७३ सालमा दिँदै भने मुलुकलाई बिखण्डन गर्ने र हतियार उठाएर सामाजिक सद्भाव एवं सहिष्णुता तहसनहस पार्ने उद्देश्यले भइरहेका गतिविधि सामना गर्न नेपाली सेना तयारी अवस्थामा छ।  

नेपालको कार्यकारी प्रमुख भएर बसेका एक प्रधानमन्त्रीले हाम्रो देश चलाउने चाबी विदेशीको हातमा रहेको बताए । अर्को प्रधानमन्त्रीले नेपालको प्रधानमन्त्री एउटा प्रान्तको मुख्यमन्त्री जस्तो मात्र रहेछ भने । झन् अर्को प्रधानमन्त्रीले यो देश स्वतन्त्र रहने कि नरहने कुरा आगामी २४ घन्टामा निधो हुनेछ भने । भारेभुरे मन्त्री र अरू नेताहरूले यो देशमा ठूलो दुर्घटना हुनेछ, यसको स्वतन्त्रता नै खतरामा परेको छ, यसको सार्वभौमिकताको ठेगान छैन आदि कुराहरू प्रायः गरिरहेकै हुन्छन् । यसबाट एउटा निष्कर्ष निस्कन्छ, हामी साह्रै कमजोर अवस्थामा छौँ ।

नेपालको कार्यकारी प्रमुख भएर बसेका एक प्रधानमन्त्रीले हाम्रो देश चलाउने चाबी विदेशीको हातमा रहेको बताए । अर्को प्रधानमन्त्रीले नेपालको प्रधानमन्त्री एउटा प्रान्तको मुख्यमन्त्री जस्तो मात्र रहेछ भने । झन् अर्को प्रधानमन्त्रीले यो देश स्वतन्त्र रहने कि नरहने कुरा आगामी २४ घन्टामा निधो हुनेछ भने ।

के यस्तो अवस्था नेपालमा पहिले थियो ? नेपालको प्राचीन र मध्यकालको इतिहास मुख्यतः तीन कालमा बाँडिएको छ— किराँत काल, लिच्छवि काल र मल्ल काल । शाह वंशको उत्थानबाट आधुनिक काल मानिन्छ । किराँत कालबारे बाबुराम आचार्यले भनेका छन्, ‘नेपालमा स्थापित भएको किराँत राज्य वास्तविक अर्थमा लोकतन्त्रात्मक राज्यका रूपमा रहेर छिमेकमा रहेका समसामयिक अन्य सबै लोकतन्त्रात्मक राज्यहरू भन्दा निकै नै संगठित तथा शक्तिशाली पनि भएर रहेको संकेत प्राप्त भइरहेको छ।’  

इतिहास प्राध्यापक सुरेन्द्र केसीले लिच्छविकालबारे बताएका छन्, ‘यस कालदेखि नेपालको राज्य व्यवस्था, प्रशासनिक व्यवस्था, वैदेशिक सम्बन्ध, भाषा, साहित्य, कला, वास्तुकला लगायत सभ्यताको निर्माण जस्तो स्थिति बारेमा समेत स्पष्ट प्रमाणहरू प्राप्त छन् । त्यस कालमा भए गरेका विकास तथा प्रामाणिक उपलब्धिकै कारण नेपालको इतिहासमा यस युगलाई ‘स्वर्ण युग’समेत भनिन्छ ।’

मल्लकालबारे उनको भनाइ छ, ‘यस कालमा नेपालको एउटा स्वतन्त्र छवि स्थापित हुन थालेको थियो । राष्ट्रिय रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि यही भनाइ सत्य थियो । नेपाल उपत्यकामा मल्ल राजाहरूले तिब्बतसँगको सम्बन्धलाई कूटनीतिक रूपमा स्थापित तुल्याइसकेका थिए जो अन्तर्राष्ट्रिय स्तरको नै थियो । नेपालको यस कालको कूटनीतिक सम्बन्धको खास विशेषता चाहिँ के हो भने त्यो मूलतः उत्तर तिब्बत–चीनतर्फ नै बढी केन्द्रित रह्यो । दक्षिणतर्फ त्यो या त रहेन अथवा नाम मात्रको र नागरिक तहमा मात्र रह्यो ।’

डा. केसीको भनाइमा ‘हाम्रा पूर्वजहरूले राष्ट्रको सुरक्षाको तर्फ गम्भीर भएर गतिविधि गरेका यथेष्ट प्रमाण प्राप्त छन् । यस देशको प्रत्येक युगको नेतृत्वले राष्ट्रको यो जीवन–मरणको प्रश्नमा ज्यादै संवेदनशील भएर सोच्ने गरेको पाइएको छ । साथै, हाम्रो देशको व्यक्तित्व विकास नै त्यसै ऊहापोहबीच हुँदै आएको पाइन्छ । नेपाललाई बाँकी भारतवर्षबाट अलग राखेर हेर्नमा निकै जटिलता रहेर आएको भए तापनि आफ्नो अस्तित्व कालदेखि नै आफ्नो स्वतन्त्र पहिचान देखाउनमा कुनै कसर छोडेको पाइँदैन । लिच्छवि राजा मानदेवद्वारा सन् ४६४ मा भक्तपुरको चाँगुनारायणमा स्थापित चाँगुनारायण स्तम्भ नै यस देशको प्रामाणिकतालाई पुष्टि गर्ने वास्तविक आधार हो । तत्पश्चात् एक्काइसौँ शताब्दीको संघारसम्ममा विश्व राजनीति र कूटनीतिमा नेपालको कुनै अलग छवि तथा पहिचान स्थापित हुन नसकेको भए तापनि त्यस दिशातर्फ यसले खेलिआएको भूमिका भने प्रशंसनीय रहेका छन्।’ 

नेपालको इतिहासको दौरानमा यसका छरछिमेकमा कति राज्यहरू खडा भए र कति लुप्त भए । तर नेपालको अस्तित्व कायम रह्यो । प्राचीनकालमा नेपालको छिमेकमा मिथिला, कपिलवस्तु, देवदह, कोलिग्राम आदि नगरराज्यहरू जन्मे र बिलाए । कालान्तरमा सिम्रौनगढ राज्यको स्थापना भयो । यसलाई दिल्लीका बादशाह गयाशुद्धिन तुगलकले ध्वस्त पारिदिए । त्यसैगरी सुदूरपश्चिमको सिञ्जामा खस राज्यको उत्पत्ति भयो । तर यो पनि करिब ३५० वर्षपछि नाश भएर गयो । यसपछि नेपालको पश्चिम दिशामा बाइसी र चौबीसी राज्यहरू खडा भए । तिनीहरू सबै आधुनिक शाहकालको नेपालमा गाभिए । मल्ल कालअन्तर्गत नेपाल एकबाट तीन टुक्रामा बाँडियो र फलस्वरूप कमजोर हुँदै गयो । नेपाल मण्डल काठमाडाँै उपत्यकामा सीमित रहे तापनि जीवित रह्यो । गोर्खाली राजा पृथ्वीनारायण शाहले सन् १७६८ मा नेपाल उपत्यका कब्जा गरे । तर उनले नेपालको नाउँ यथावत राखे । उनले चाहेको भए यसको नाउँ गोरखा राख्न सक्थे । 

हुन त यस अगाडि नेपाल उपत्यकामा बाहिरी हमला बराबर भएका थिए । यसमाथि खस राज्य र सिम्रौनगढ राज्यबाट अनेक पटक आक्रमण भयो । उनीहरूले उपत्यकाको धनदौलत लुटलाट गरेर लगेका थिए । यसको साथै बंगालका शमसुद्धि इलियासले पनि काठमाडौँ उपत्यकामा हमला गरे र लुटेर लगे । उनले यहाँ रहेका मठमन्दिरहरू पनि ध्वस्त पारे । यी आक्रमणहरूबाट  नेपाल उपत्यकाको ठूलो हानि नोक्सानी भयो । तर नेपाल राज्यको प्रभुसत्ता अविछिन्न रूपमा कायम रह्यो। 

शाह कालमा नेपालको आकार मात्र बढेन, त्यसको साथै यसको उचाइँ पनि बढेर गयो । नेपालले वास्तवमा एउटा आधुनिक राष्ट्रको स्वरूप ग्रहण गर्न सुुरु गरेको पनि यसै कालमा हो । पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार मात्र गरेनन्, गोर्खाको पहिचानसम्मलाई परित्याग गरी एउटा नयाँ राष्ट्र नेपाल स्थापनाको शिलान्यास गरे । सन् १७६८ मा कान्तिपुर कब्जा गरेपछि सन् १८१४ सम्म नेपालको दिग्विजय बढ्दै गयो । ४६ वर्षसम्म बढ्दै गएको नेपालको प्रादेशिक आकार सन् १८१४ देखि सन् १८१६ सम्मको अंग्रेजसँगको युद्धमा ठूलो क्षति भयो । यस लडाइँमा तत्कालीन नेपालको एक तिहाइ भूभाग गुम्यो । यसमा करिब ४० हजार स्क्वायर किलोमिटर भूभाग नेपालले गुमायो । तर त्यति हुँदा पनि नेपालको अस्तित्व नै हराउने सम्भावना थिएन भलै नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई अंग्रेजहरूले ठूलो धक्का दिएका थिए । यस्तो भयंकर पराजयको बाबजुद भीमसेन थापाले काठमाडौँमा आएका ब्रिटिस रेजिडेन्टहरूलाई प्रतिष्ठित कैदी बनाएर राख्न सफल भए । भीमसेन थापाले अंग्रेजहरूलाई भारतबाट धपाउन एसियाली एकताको नारा उठाएका थिए । राणा शासकहरूले नेपाली जनतामाथि अत्याचार र शोषण गरे तापनि बाह्य सम्बन्धमा नेपालको इज्जत बढाउन नै प्रयत्न गरेको देखिन्छ । २००७ सालको परिवर्तनपछि नेपालको आर्थिक क्षति हुने कतिपय सम्झौता भए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उचाइ बढाउनमा राजा महेन्द्रको ठूलो देन रहेको सबैले स्वीकार गरेका छन् । २०४६ सालको पतिवर्तनपछि भने नेपाल कमजोर हुँदै गएको महसूस हुन थाल्यो । प्रजातन्त्र कालको विगत २७ वर्षमा नेपालको आन्तरिक मामिलामा यति विदेशी हस्तक्षेप र भूमिका बढ्दै गयो कि नेपालका राज्य प्रमुख, राजनैतिक नेताहरू र सुरक्षा अधिकारीहरूले नै नेपालको अस्तित्व, एकता र स्वतन्त्रता खतरामा परेको सार्वजनिक रूपमा जनाए । त्यसबाट के हामी इतिहासको सबभन्दा कमजोर अवस्थामा परेको थाहा लाग्दैन ?  








यसमा तपाईको मत

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad