७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रमुख/उपप्रमुखको विदेश भ्रमण मोह

काठमाडौं – नवलपरासीको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, उपप्रमुख रम्भा कुँवर, प्रशासकीय अधिकृत दिनेश पन्थीलगायत ४ सदस्यीय  टोली एक साता चीन भ्रमणमा जाने  तयारीमा लागेको छ।   

मेयर, उपमेयरलाई चीन भ्रमणका लागि सहमति दिन सो नगरपालिकाले गत साता  स्थानीय विकास मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले भने विधि र  प्रक्रिया नपुगेको भन्दै मेयर, उपमेयरको भ्रमणलाई सहमति दिन आनकानी गरेको छ  ।  रामग्राम नगरपालिकाका प्रशासकिय अधिकृत पन्थीले बेइजिङमा एमओयुमा हस्ताक्षर गर्न आफ्नो टोलीको भ्रमणको उद्देश्य भएको बताए । उनले भने, ‘रामग्राम नगरपालिकामा पार्क बनाउनेलगायत विकास निर्माणका काम अघि बढाउन बेइजिङमा एमओयुमा हस्ताक्षर गर्ने हाम्रो कार्यक्रमको  उद्देश्य हो। ’

गत मंसिर ६ गते गोरखाको सिरानचोक गाँउपालिकाका प्रमुख राजु गुरूङ सरकारी बजेटमा  ल्होसार पर्व बनाउन भनी बेलायत भ्रमण गरेका छन् । उनको बेलायत भ्रमणलाई अर्थ र स्थानीयले सहमतिसमेत दिएको छ। 
स्थानीय तह निर्वाचनपछि करिव तीन दर्जन मेयर, उपमेयरले विदेश भ्रमण गरिसकेका छन् भने केही भ्रमण गर्ने प्रक्रियामा छन् ।  स्थानीय विकास मन्त्रालयको रेकर्डमा स्थानीय निर्वाचनपछि १९ मेयर÷उपमेयरले मन्त्रालयसँग सहमति लिएर विदेश भ्रमण गरिसकेका छन् भने करिव १० मेयर÷उपमेयर मन्त्रालयसँग सहमति नलिएरै आफूखुशी विदेश भ्रमण गरेको अनुमान मन्त्रालयका कर्मचारीले गरेका छन् । निजी र पारिवारिक भ्रमणबाहेक अन्य किसिमका विदेश भ्रमण गर्नु पर्दा भ्रमण गर्नुअघि स्थानीय विकास मन्त्रालयसँग सहमति लिन मन्त्रालयले सबै स्थानीय तहमा परिपत्र पठाएको छ । मन्त्रालयका अनुसार मन्त्रालयले परिपत्र पठाउँदा पठाउँदै पनि केही मेयर÷उपमेयरले मन्त्रालयसँग सहमति नलिएरै विदेश भ्रमण गरेको सूचना मन्त्रालयले पाएको  मन्त्रालयका कर्मचारी बताउँछन् । एक उच्च कर्मचारी भन्छन्, ‘तर मन्त्रालयसँग सहमति लिएर मात्र विदेश भ्रमण गर्न मिल्ने कानुनमा व्यवस्था छ । तर, मन्त्रालयसँग सहमति नलिएर विदेश भ्रमण गरेमा के हुने भन्ने व्यवस्था भने कानुनमा छैन ।’

विदेश भ्रमण गर्न जानेमध्ये महानगरपालिका तथा उममहानगरपालिकाका मेयर÷उपमेयर बढी छन् ।  लतिलपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन अहिलेसम्म तीनपटक विदेश भ्रमण गरिसकेका छन् । सुरुमा उनले जापन भ्रमण गरेका छन् । त्यसपछि उनी थाइल्याण्ड र दक्षिण कोरियाको भ्रमण गरेका छन् । यसैगरी काठमाडौं नगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि विदेश भ्रमण गरेका छन् । शाक्यले गत भदौ २ गते दक्षिण कोरियाको भ्रमण गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री तथा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले पनि एकपटक विदेश भ्रमण गरेकी छन् । उनले गत भदौ ९ गते श्रीलकांमा भ्रमण गरेकी हुन् । यसैगरी बुटवल उपमहानगरपालिकाका मेयर शिवराज जोशीले पनि विदेश भ्रमण गरेका छन् । उनले गत भदौ २९ गते चीन भ्रमण गरेका छन् । यसैगरी ललितपुर उपमहानगरपालिकाका उपमेयर गिता सत्यालले पनि गत असोज २० गते थाइल्याण्ड भ्रमण गरेकी छन्। 

विदेश जानेमा मोरङ दुहवी नगरपालिका उपप्रमुख सुनिता शाह, बेंसीसहर नगरपालिका लमजुङकी उपमेयर लक्ष्मी अधिकारी, गोदावरी नगरपालिका ललितपुरका मेयर गजेन्द्र महर्जन, सिरानचोक गाँउपालकिा गोरखाका प्रमुख राजु गुरूङ, इनरुवा नगरपालिकाका सुनसरीका उपमेयर राजन मेहता रहेका छन्।

विदेश भ्रमण गर्न जानेमा कपिलवस्तु वाणगंगा नगरपालिककका मेयर मंगलप्रसाद थारू, उपमेयर, चक्रपाणि अर्याल र ८ नम्वर वडाका  वडा अध्यक्ष गुणनिधि भुषाल भगिनी सम्बन्ध स्थापित गर्न भन्दै गत पुस २४ गते चीन भ्रमण गएका छन्। 

यसैगरी पुतलीबजार स्याङ्जाका मेयर सिमाकुमारी क्षत्री, आठबीस नगरपालिका रुकुमका मेयर गार्खबहादुर केसी, गल्कोट नगारपालिका बागलुङका उपप्रमुख रेणुका काउच, दुहबी नगरपालिका सुनसरीका मेयर वेदबहादुर गच्छदार अध्ययन भ्रमण गर्न इण्डोनेसिया र अष्टे«लिया गएको मन्त्रालयको रेकर्डमा छ  । यी चार जनप्रतिनिधिले  गत असार ९ गते र ३० गते छुट्टाछुट्टै इन्डोनेसिया र अष्टे«लिया भ्रमण गर्न गएको मन्त्रालयको रेकर्डमा जनाइएको छ।

यसैगरी इनरुवा नगरपालिक सुनसरीका मेयर राजन मेहता अध्ययन भ्रमण गर्न गत पुस २६ गते कतार भ्रमणमा गएका छन् । स्थानीय मन्त्रालयका उपसचिव तथा जनशक्ति शाखका प्रमुख सुमन घिमिरले स्थानीय मन्त्रालय र अर्थ मन्त्रालयसँग समन्वय र सहमति गरेर विदेश भ्रमण गरे जनप्रतिनिधिको विदेश भ्रमण फलदायी हुने बताउँछन् । उनी भन्छन्, ‘जनप्रतिनिधिले विदेश भ्रमण गर्नुअघि अर्थ मन्त्रालय र स्थानीय मन्त्रालयसँग सहमति र समन्वय  गर्नु राम्रो हो,’ उनले भने । जनप्रतिनिधिको विदेश भ्रमण लगानी भित्र्याउन, प्रविधि र क्षमताको अभिवृद्धि गर्नका लागि भए त्यो भ्रमण नतिजामुखी हुने उनी बताउँछन्।  

कोको कहाँ गए ?  
०चिरिबाबु महर्जन, मेयर, ललिपतुर महानगरपालिका  जापान, थाइल्याण्ड, दक्षिण कोरिया 
०विद्या सुन्दर शाक्य, मेयर कामनापा  दक्षिण कोरिया
०रेणु दाहाल, मेयर भरतपुर महानपा  श्रीलंका
०शिवराज जोशी, मेयर बुटवल उपमहानगरपालिका चीन
०गिता सत्याल, उपमेयर ललितपुर महानपा थाइल्याण्ड
० सुनिता शाह दाहाल, उपमेयर दुहवी नपा उपमेयर भारत
० लक्ष्मी अधिकारी, उपमेयर वेंसीसहर नपा भारत
०गजेन्द्र महर्जन, मेयर  गोदावरी नपा स्वीडेन
०राजु गुरूङ, अध्यक्ष सिरानचोक गापा गोर्खा बेलायत
०राजन मेहता, मेयर इनरुवा नपा कतार
० मंगल थारू, मेयर बाणगंगा नपा चीन
० चक्रपाणि अर्याल, उपमेयर बाणगंगा नपा  चीन
० गुननिधि भुषाल, वडा अध्यक्ष, बाणगंगा नपा चीन
०सीमाकुमारी क्षत्री, मेयर पुतली वजार नपा इन्डानेसिया
० गोर्खबहादुर केसी, उपमेयर आाठबीसकोट नपा इन्डोनेसिया
० रेणुका काउछा, उपमेयर गल्कोट नपा बागलुङ अष्ट्रेलिया
०बेद गच्छदार, मेयर दुहवी नपा सुनसरी  अष्ट्रेलिया 

प्रकाशित: ७ माघ २०७४ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App