coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुखको निवासमा नेपाली सेना खटाइयो

धनगढी- प्रदेश नम्बर ७ का प्रदेश सभा सदस्यको सपथ ग्रहण कार्यक्रम आइतवार प्रदेश सभा भवन तोकिएको जिल्ला समन्वय समितिको हलमा हुने भएको छ। प्रदेश सभा सदस्यको आइतवार बिहान १० बजे सपथ ग्रहण कार्यक्रम तय गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। सपथ ग्रहणको तयारी करिव सबै पुरा भएको उनको भनाई छ। सपथ ग्रहण गराइने जिल्ला समन्वय समितिको भवनमा हतार हतार सरसफाई, रंगरोगन र सजाउने काम तिव्र रुपमा भइरहेको छ। आगनमा सरसफाई, रंगरोगन भइरहेको छ। आज रातभरीमा रंगरोगन र सजावट गर्ने काम सकेर बिहानसम्म तयार गरिने उनले बताए। ‘सरसफाई र रंगारोगन सिध्याएपनि कुर्सी, टेवल र कार्पेट लगेर राखिने छ’उनले भने।

प्रदेश प्रमुखको निवासमा सेनाको टुकडी

प्रदेश नम्बर ७ को प्रदेश प्रमुखको निवासमा सुरक्षार्थ प्रदेश प्रमुख नआउँदै शनिवारदेखि नै नेपाली सेनाको एक टुकडी खटाइएको छ।

प्रदेश प्रमुख मोहनराज मल्लको निवास बनाइएको क्षेत्रिय बन कार्यालयका प्रमुखको निवासलाई शनिवार सरसफाई, रंगरोगन गरेर तयार पारिएको छ। कार्यालयमा राष्ट्रिय झण्डा गाडिएको छ। प्रदेश प्रमुखको सुरक्षाको लागी एक टुकडी सेना खटाइएको प्रजिल रिजालले बताए।

शनिवार धनगढी आउने भनेपनि बाक्लो हुस्सुका कारण धनगढी बिमानस्थलमा उडान सेवा अवरुद्ध भएकाले प्रदेश प्रमुख मल्ल आइतवार बिहान मात्र धनगढी पुग्ने भएका छन्। उनी सडकमार्गबाट आएकाले आइतवार पुग्ने कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। आइतवार १० बजे प्रदेश प्रमुख मल्लले जिल्ला समन्वय समितिको हल रहेको भवनमा प्रदेश सभा सदस्यको सपथ गराइने कार्यक्रम तय गरिएको उनले बताए।

हालै निर्वाचित ५३ जना प्रदेश सांसदहरुलाई प्रदेश प्रमुख मोहनराज मल्लले आइतवार शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। सपथ ग्रहण कार्याक्रम तय भएपछि काठमाडौं रहेका र बिभिन्न जिल्लामा रहेका प्रदेश सभा सदस्य धनगढी आउने क्रम शुरु भएको छ। शनिवार साँझ सम्म केही सासंद पुगिसेकेको प्रजिअ रिजालले बताएका छन्। सवै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सासंदलाई सपथ ग्रहणका लागि जानकारी गराउनका लागि आफुले भनेको उनले बताए। कुनै पनि जिल्लावाट प्रदेश सभा सदस्यलाई आउन गाह्रो हुने कुरा नआएको बताए। आइतबार बिहान आउन लागेका काठमाडौंमा रहेका प्रदेश सभा सदस्य मौसमका कारण हवाईसेवा अवरुद्ध भएमा भने धनगढी पुग्न असहज हुने छ। आइतबार उपस्थित हुन नसक्ने सासंदलाई अर्को दिन गराइने छ।

यसैगरी प्रदेश प्रमुखको कार्यालय तोकिएको घरेलु उद्योगको कार्यालयलाई पनि सरसफाई र रंगरोगन गरेर तयार पारिएको छ।

 

प्रकाशित: ६ माघ २०७४ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App