coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्सद्वारा कामदार कुवेत पठाउन रोक

मनिला – फिलिपिन्सले कुवेतमा कामदार पठाउन रोक लगाएको छ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले खाडी राष्ट्रको अपमानजनक व्यवहारले आफ्नो देशका कामदारले आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै कामदार पठाउन प्रतिबन्ध लगाउनुपरेको बताए।

उनले खाडी मुलुकमा फिलिपिनी महिलाले यौन शोषणको शिकार हुनुपरेको विषयमा पनि आफू जानकार रहेको बताए।

जनवरीको पहिलो हप्ता फिलिपिन्सले ७ महिलामध्ये कुवेतबाट ६ को शव ल्याएको थियो भने एक महिलालाई जिवितै उद्दार गरेको थियो। उद्दार गरिएकी महिलाले घरमै आत्महत्या गरेकी थिइन्। उनको पोष्टमार्टम गर्दा  शरीर तथा गुप्ताङ्गमा घाउ देखिएको श्रम सचिव सिलवस्टर बेलोले बताएका छन्। उनको आत्महत्यापछि फिलिपिन्समा चिन्ता बढेको थियो। यो घटनापछि कामदार पठाउन रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फिलिपिन्सको विदेश मन्त्रालयका अनुसार कुवेतमा २ लाख ५० हजार कामदार काम गरिरहेका छन्। जसमा घरेलु कामदार (महिला) बढी छन्।

प्रकाशित: ६ माघ २०७४ ११:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App