coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दाङ चौथो दिन पनि ठप्प

दाङ-  राजधानी माग गर्दै यहाँ भैरहेको आन्दोलनको चौथो दिन शनिवार पनि दाङ पूर्ण रुपमा बन्द रह्यो। शनिवार पनि यातायातका साधनहरु चल्न पाएनन्। बजार उद्योग धन्दा समेत ठप्प पारिए। देउखुरीको लमहीमा गरिएको आन्दोलनका कारण महेन्द्रराजमार्ग अवरुद्ध हुँदा लामो यात्रामा निस्केका यात्रुहरुको विचल्ली भएको छ। आन्दोलनकारीहरुले राजमार्ग अवरुद्ध गर्दा सैयौँ सवारी साधन बाटोमै रोकिएका छन्।

यस्तै आन्दोलनका लागि राजनीतिक दलहरुले बनाएको संघर्ष समितिले शनिवार लमहीमा बृहत सभा गरेको छ । त्यो सभालाई माओवादी नेता तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित कृष्णवहादुर महराले सम्वोधन गरेका थिए। उक्त बिरोधसभामा सहभागी हुन काठमाडौँबाट हेलिकोप्टरमा आएका नेता महराले आन्दोलनलाई जारी राख्न सुझाव दिएका छन्। तर आन्दोलनको स्वरुप परिवर्तन गरिनु पर्ने भन्दै उनले बन्द नगर्न सुझाव दिए। ‘दाङमाथि सरकारले गरेको अन्यायको बिरोधमा आन्दोलन जारी राख्नुस् तर बन्द नगरेर शान्तिपूर्ण रुपमा आन्दोलनालाई अगाडी बढाईनु पर्छ,’महराले भने।

उनले सरकारको गलत निर्णयको बिरुद्ध कोणसभा,ज्ञापन पत्र बुझाउने जस्ता शान्तीपूर्ण कार्यक्रम मात्रै गर्न सुझाव दिए। यसैगरि महराले प्रदेशसभाबाट दाङलाई स्थायी राजधानी बनाउनका लागि राजनीतिक पहलकदमी थालिने समेत बताएका थिए।

प्रकाशित: ६ माघ २०७४ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App