coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संयुक्त कार्यदलको रिपोर्टबारे छलफल गर्दै ओली-दाहाल

बालकोटमा अध्यक्ष ओली र दाहाल। तस्बिर सौजन्य: दाहालको सचिवालय

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले तयार पारेको रिपोर्टबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको छ।

बालकोटमा उनीहरुले राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार गठन र भोली बस्ने पार्टी एकता संयोजन समितिको बैठकबारे छलफल गर्ने दाहालको सचिवालयले बताएको छ। यस अघि कार्यदलले राष्ट्रियसभाका लागि १३ सिट अन्य दलका लागि राखेर ४३ सिटमा उम्मेदवारी दिने सहमति गरेको थियो। जसमा एमालेलाई २९ र माओवादीलाई १४ गरी ४३ सिट वाम गठबन्धनका पक्षमा राख्ने गरी भागबन्डा टुंग्याएको थियो। कार्यदलको रिपोर्टलाई संयोजन समितिले अन्तिमरुप दिने छ।

पार्टी एकताको साझा दस्तावेज बनाउनेबारे पनि अध्यक्षद्वयले छलफल गर्नेछन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपूर्व पार्टी एकीकरण घोषणा गरे पनि प्रगति हुन नसकिरहेका बेला दुवै दलका अध्यक्षले शुक्रबार भेटवार्ता गरी प्रक्रिया अघि बढाउन सहमत भएका थिए। त्यही सन्दर्भमा आज नेताद्वयले भेटेका हुन्। गत असोज १७ गते पार्टी एकीकरण गर्ने घोषणासहित दुवै पार्टीले चुनावी गठबन्धन बनाएका थिए ।

 

 

प्रकाशित: ६ माघ २०७४ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App