८ वैशाख २०८१ शनिबार
समाज

प्रधानाध्यापक बनाउँदा त्रुटी भएको भन्दै विद्यालयको खाता रोक्का

जाजरकोट- विद्यालयमा योग्य शिक्षकलाई प्रधानाध्यापक नबनाएको भन्दै जिल्ला शिक्षा कार्यालय जाजरकोटले यहाँको एक विद्यालयको वैंक खाता रोक्का गरेको छ। जिल्लाको नलगाड नगरपालिका ३ कैना स्थित सुर्योदय माध्यमिक विद्यालयले  लामो समयसम्म पनि  योग्य शिक्षकलाई प्रधानाध्यापक नबनाएको भन्दै  खाता रोक्का गरेको हो।

 विद्यालयमा  योग्यता पुगेका शिक्षक हुँदा हुदै पनि  तल्लो तहको शिक्षकलाई झन्डै एक वर्ष देखि  निमित्त मात्रै दिएर  राखेको  र  कार्यालयको  निर्देशनको पनि  बेवास्ता गरेकोले  विद्यालयलाई चेतावनी स्वरुप खाता रोक्का गरिएको  जिल्ला शिक्षा  अधिकारी ललितविक्रम सिंहले बताए। उनले  तीन चार पटक कार्यालयको तर्फवाट योग्य शिक्षकलाई  प्रधानाध्यापक नियुक्ति गर्ने व्यवस्था मिलाउन पत्राचार गरिएपनि  बेवास्ता गरिएका कारण  योग्य व्यक्तिलाइ  प्रधानाध्यापक  नियुक्ति नगरे सम्मका लागि  खाता रोक्का गरिएको  जिशिअ सिंहले बताए।

 विद्यालयमा  योग्य शिक्षकलाई  प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्था मिलाउन भन्दै स्थानीय अभिभावक, विद्यालयका  शिक्षक अभिभावक संघका पदाधिकारी र स्थानीय सरोकारवालाहरुले  जिल्ला शिक्षा कार्यालयमा  माग समेत गरेपछि कार्यालयले विद्यालयको वैंक खाता रोक्क भएको  हो।   स्थानीय अभिभावक र सरोकारवालाहरुको माग वमोजित  आफुहरुले  विद्यालयलाइ न्यायपूर्ण निर्णय गर्न दवाव दिने उदेश्यल विद्यालयको  नेपाल वैंक  लिमिटेडमा रहेको विद्यालयको खाता नम्वर  ३९२  रोक्का गरेको जिल्ला शिक्षा अधिकारी सिंहले बताए।  तत्कालीन प्रधानाध्यापक प्रचण्ड बलीले  गत वर्षको  चैत्र २६ गते  आफ्नो पदबाट राजीनामा दिएपछि विद्यालय व्यवस्थापन समितिले  विद्यालयमा योग्य शिक्षक हुँदा हुदै  प्राथमिक तह द्धितीय श्रेणीका  शिक्षक  मोहनलाल पुनलाई निमित्त प्रधानाध्यापक भई काम गर्ने जिम्मा दिएको थियो।   विद्यालयमा  निम्न माध्यमिक तहमा स्थायी  शिक्षक हुँदा हुँदै  प्राथमिक तहको शिक्षकलाई  प्रधानाध्यापकको जिम्मा दिएको भन्दै  शिक्षक, अभिभावक र अन्य सरोकारवालाहरुले असन्तुष्टी जनाएको  स्थानीय मिश्रीबहादुर पुनले बताए। उनले  राजनैतिक पुर्वाग्रह राखेर  निमाविको स्थायी शिक्षक हुँदा हुँदै  प्राविको शिक्षकलाई हेड सर बनाइएकोमा आफुहरुले बिरोध गरेको बताए।

प्रकाशित: ६ माघ २०७४ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App