पाकिस्तान र इरानबीच रेल सेवा पुनः सञ्चालनमा ल्याइने

शनिबार, ०६ माघ २०७४, १५ : ४५ एजेन्सी

इश्लामावाद – पाकिस्तान तथा इरानका अधिकारीबीच सुधारिएको सुरक्षासहित पाक्षिकरूपमा यात्रुवाहक रेलसेवा सञ्चालनमा ल्याउने सहमति भएको छ। दुई इश्लामिक मुलुकबीच सुरक्षाको समस्यालाई देखाउँदै यस अघि सञ्चालन हुँदै आएको रेल सेवा बन्द भएको थियो।

यस बिषयमा छलफलमा सहभागी दुवै देशका अधिकारीले पछिल्लो समयमा सुरक्षाको अवस्थामा सुधार आएकाले आगामी सेप्टेम्बरसम्म रेल सेवालाई सुचालु गरिने निर्णय गरिएको पाकिस्तानी सञ्चारमाध्ययमले जनाएका छन्।

पाकिस्तानी रेलसेवाका सञ्चालक समितिको अध्यक्षतामा बिहीबार बसेको दुई देशका रेल मन्त्रालयका उच्च अधिकारी सम्मिलित विज्ञहरूको संयुक्त समितिले रेलसेवा सञ्चालनका लागि सुरक्षा अवस्थालाई थप मजबुत पार्दै सेवालाई पुनः सञ्चालनमा ल्याउने सहमति भएको हो।

यससँगै रेलसेवाले पाकिस्तानको दक्षिणपश्चिम शहर क्वेटालाई जनसङ्ख्याका दृष्टिकोणले इरानका दुई ठूला शहर कोम र मस्शादलाई जोड्नेछ।

दुई देशीय समितिले पाकिस्तानको क्वेटा र इरानको जाहेदानबीच मासिक रूपमा १५ वटा मालबाहक रेलसेवा सञ्चालन गर्नेपनि सहमति गरेको छ। यद्यपि यसलाई दुई देशको उच्च राजनीतिक नेतृत्वसँग सुझाबका लागि प्रस्तुत गरिने छ।

बैठकमा इश्लामावाद–तेहरान–इश्तानबुलसम्मको प्रत्यक्ष रेलसेवाका लागि पनि छलफल भएको तर यसबारे थप छलफलपछि मात्र निर्णय लिइने सहमति भएको पाकिस्तानी सञ्चारमाध्यमले सहभागीलाई उद्धृत गरी जनाएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad