८ वैशाख २०८१ शनिबार
राजनीति

चाँडै नै बाम गठबन्धनको एकता हुन्छः नेम्वाङ

काठमाडौ – नेकपा एमाले का नेता सुवास नेम्वाङले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन्। संघीय मामिला तथा कानुन विभाग अनेरास्ववियुले शनिबार ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेम्बनङले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएकाले चाँडै नै दुई पार्टी एक हुने बताए। 

संविधानको गलत व्याख्या गरेर नयाँ सरकार गठनको गतिरोध हट्न नसकेको उल्लेख गदै उनले भने,“संविधानको कमजोरीले नयाँ सरकार गठनमा अड्चन आएको भनेर व्याख्या गरियो । गतिरोध हट्नका लागि संविधानको कमजोरी छैन।”

संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेम्वाङले संविधानले अधिकार र कर्तत्वमात्र बाँड्ने भन्दै ती संविधानले दिएका अधिकार र कर्तत्वको परिपालन वुद्धि विवेक र क्षमताले नगर्दा अहिलेको नयाँ सरकार गठनमा गतिरोध आएको बताए।  नेम्वाङले राष्ट्रियसभाको निर्वाचनपछि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या घट्ने दाबी गरे। 

कार्यक्रममा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् नगर्दा नयाँ सरकारमा ढिलाइ भएको बताए। 

नयाँ सरकारका लागि कानुनी जटिलता भए पनि फुकाउन सकिने भन्दै सरकारले परिमाणलाई सर्हष स्वीकार गर्न नसक्दा नयाँ सरकार गठनमा गतिरोध आएको उनको भनाई थियो।

कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य पर्शुराम मेघी गुरुङले नयाँ सरकारले नयाँ योजना र नीति ल्याएर मुलुकलाई समृद्ध बनाउने बताए। 

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले अब बन्ने सरकारले विद्यार्थीको हकहितका लागि ध्यान दिनुपर्ने विचार व्यक्त गरिन।(रासस)

प्रकाशित: ६ माघ २०७४ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App