सिलेट– एमेजोनले जब १ सय ८० डलरमा आफ्नो इको नामक स्मार्ट स्पिकर बजारमा ल्यायो त्यसले धेरेैलाई आकर्षित ग¥यो। अझ मानिस आकर्षित त तब भए जब यो चर्चित बन्यो। उक्त डिभाइस म्युजिक प्ले गर्न, घरमा बत्ती बाल्न र आफ्नो बोलीमा कमान्डमा आफूले चाहुरेको तापक्रम बनाउन प्रयोग हुन्छ।
इको बनाउनुको पछाडि एमेजोनको ठुलो प्राविधिक योजना थियो। उ इकोलाई शक्ति प्रदान गर्दै एलेक्सा भ्वाइस सर्भिसको एक अभिन्न अंक बनोस भन्ने चहान्छ।
एमेजोनले जुनसुकै तरिकामा जे शेयर गरे पनि एप्पल, गुगल तथा माइक्रोसफ्ट जस्ता ठुला प्राविधिक कम्पनीले यसलाई सहयोगीका रुपमा लिन्छन् र त्यो सर्वपरी हुन्छ। यी कम्पनीहरु स्मार्ट फोनको स्क्रिन टच चर्चित भएजस्तै प्रयोगकर्तालाई इन्टरनेट सेवाको बारेमा नयाँ जानकरी दिन्छन्।
धेरै प्राविधिक विज्ञले भनेका छन्, केही मानिस आफ्नो जीवनमा एक इन्टेलिजेन्ट सहायक भए पनि चित्त बुझाउँछन्। उनीहरुमध्ये धेरै जनालाई एउटा इन्टेलिजेन्ट एसिसटेन्ट मात्र प्रयोग गर्न मन नहुन पनि सक्छ। यसको परिणामस्वरुप प्रत्येक कम्पनी आफ्नो डिभाइसमा धेरेैभन्दा धेरै सहायक प्रविधि जडान गर्न चहान्छन्।
उदाहारणका लागि एमेजोन एलेक्सा न्युक्यिसको अंक बनोस् भन्ने चहान्छ। न्युक्यिसः टर्च स्क्रिन र क्यामरा भएको स्मार्ट इन्टरक्रोम स्टिम जुन गत हप्ता २ सय ४९ डलरमा बिक्री भएको थियो। न्युक्यिसका मालिकले यसमा एलेक्सा म्युजिक प्ले र मोैसमको जानकारी दिने प्रविधि प्रयोग गर्न सक्छन्। एक टेलिफोन अन्तरवार्ताका क्रममा न्युक्यिसका प्रमुख जोनाथन फ्राक्लिनले न्युक्यिसमा एलेक्सलाई गाभ्न कुनै कठिनाइ नभएको बताउँदै यो डिभाइसका लागि अझ प्रभावकारी हुने बताए। उनले भने ‘हामीले यसको उपयोगीताका लागि करिब १ सय ८० डलर लिदैछौं र पछि थप गरेर २ सय डलर बनाउन सकिनेछ ।
अहिलेसम्म केही साना कम्पनीहरुले आफ्नो उत्पादनमा एलेक्सा जडान गर्ने वाचा गरिसकेका छन्। यस्ता कम्पनीहरुमा ट्रिबी, को–वाच तथा पिव्लि कोर रहेका छन्।
चर्चित मोटर उत्पादन कम्पनी फोर्डले पनि एमेजोनसँग मिलेर काम गरिहेको बताएको छ। उसले आफ्नो गाडीमा एलेक्सा जडान गर्दा ड्राइभरले लाइट, थर्मोस्टाट्स र सेक्युरिटी स्टिम जस्ता स्मार्ट होम फिचर प्रयोग गर्न सक्ने जनाएको छ।
हालसम्म १० हजार भन्दा बढि कम्पनीहरुले एलेक्सासँग सहकार्य गर्न नाम दर्ता गरिसकेको एमेजोनले जनाएको छ। उसले आफ्नो इको युनिट कति बिक्री भएको नबताए पनि लाखौँ डिभाइसमा आफ्नो प्रविधिको प्रयोग भएको दाबी गरेको छ ।
सोनोज कम्पनीका प्रमुख जोन म्याकफ्रारलेनले यसै वर्ष एक ब्लग मार्फत आफुहरु म्युजिक प्लेका लागी एलेक्साको भ्वाइस कन्ट्रोलसँग सहकार्यका लागि काम गरिरहेको बताएका थिए ।
एक अन्तरवार्ताका क्रममा एमेजोनका वरिष्ठ उपाध्यक्ष डेभिड लिम्फले आफ्नो कम्पनीले धेरै एलेक्सा प्रयोग भएको इन्डप्वाइट बनाउन चाहेको बताएका थिए ।एमेजोनले आफ्नो लाइनअप एकेक्सा प्रयोग गरिएको इको डट ,इको ट्यापमा विस्तार गरेको थियो ।
लिम्फले भने ‘हाम्रो दुरदर्शी योजना झन्डै झन्डै स्टार ट्रिक कम्पनीको जस्तै हो ।
तर विज्ञहरुले एमेजोनले आफ्नो उत्पादन भन्दा बाहिर एलेक्साको प्रयोग गर्न असमर्थ रहेको भन्दै यसको आलोचना गर्दै आएका छन् ।
आफ्नो स्मार्ट फोनको बजारमा भारी नोक्सानीमा गएपछि निरास बनेकोे एमेजोनले ल्याएको इकोको प्रगतिलाई केबल एक संकटमोचनका रुपमा हेरिँदै आएको छ ।
स्मार्टफोनको बजारमा आफ्नो दबदबा भएका कारण एप्पल र गुगललाई स्पष्ट फाइदा रहेको छ । यसका लागी उनीहरुले एलेक्साको सिरी र गुगल सहायक भर्सन खरिद गर्र्दै छन् ।
एप्पलमा होम किट प्रविधि जडान गरिएको छ जसबाट प्रयोगकर्ताले थर्रमोस्टाट्स कन्ट्रोल , लाइट स्विच स्तो फिचरको प्रयोग गर्न सक्छन् ।त्यस्तै गुगलले इको जस्तै होम स्पिकर ल्याउने योजना सार्वजनिक गरिसकेको छ ।
ज्याकडअ रिसर्चका विज्ञ जन डशनले भने ‘ मानिसहरु दिनभरि यस्ता सहायक डिभाइसको प्रयोग गर्न चहान्छन् ,उनीहरु सधै यो आफ्नो साथमा होस् भन्ने चहान्छन् ।
एमजोनले भने आफ्ना स्मार्टफोन प्रयोगकर्तालाई एक एप मार्फत एलेक्सा फङसनको प्रयोग गर्न दिने बताएपनि डशनले भने एमेजोनको एलेक्सा फङसनले एप्पल र गुगलको स्मार्टफोनमा काम गर्नेमा दुबिधा रहेको बताए ।
प्रकाशित: २७ श्रावण २०७३ १०:५५ बिहीबार