१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुमोको ठक्करबाट एक महिलाको ज्यान गयो

काठमाडौ – काठमाडौंको फर्पिङमा सुमोको ठक्करबाट स्कुटरमा सवार एक महिलाको ज्यान गएको छ। ज्यान जानेमा दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको रहेकी छन्।

शुक्रबार राति कुलेखानीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३३७५ नम्बरको टाटा सुमोले बा ५७ प ३०७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो। 

तीव्र गतिमा गुडिरहेको सुमोले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा सनिबार बिहान २ः३० बजे बयोधा अस्पतालमा निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले जानकारी दिए। 

टाटा सुमोसहित चालकलाई महानगरीय प्रहरी प्रभाग फर्पिङले नियन्त्रणमा लिएको छ। (रासस)

प्रकाशित: ६ माघ २०७४ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App