coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुखले शपथ लिए

राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुखहरुलाई शपथ ग्रहण गराउँदै । तस्बिर : नागरिक

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । संविधानको धारा १६३ उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त गर्दै राष्ट्रपति भण्डारीले शुक्रबार उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। 

उनले राष्ट्रपति भवन शीतलनिवासमा आयोजना शुक्रबार आयोजित एक समारोहमा सातै प्रदेश प्रमुखलाई शपथ ग्रहण गराइन् । मुलुक संघीयतामा गएपछि पहिलो पटक प्रदेश प्रमुख नियुक्त हुनुका साथै पद तथा गोपनीयताको शपथ भएको हो।

प्रदेश प्रमुखको शपथसँगै प्रदेशसभा सदस्यको शपथ र बैठकका लागि बाटो खुलेको छ । यस्तै राष्ट्रियसभा निर्वाचन गराउन निर्वाचन आयोगलाई मतदाता नामवली प्रकाशन गर्न मार्गप्रशस्त भएको छ। 

शीतल निवासको कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरुका साथै संवैधानिक अंगका प्रमुखको उपस्थिति थियो । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले प्रदेश १ मा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वर लाल (कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्लको नाम प्रमुखका लागि सिफारिस गरेको थियो। 

यसैबीच राष्ट्रपति भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ स्वीकृत गरेकी छिन्।

प्रकाशित: ६ माघ २०७४ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App