८ वैशाख २०८१ शनिबार
समाज

आगलागीबाट क्षतिग्रस्त एफएमलाई सोलार

खोटाङ – आगलागीमा क्षती पुगेको खोटाङको रुपाकोट एफएमलाई दुई थान सोलार प्राप्त भएको छ। विद्युत सर्ट हुँदा गत भदौ २२ गते भएको आगलागीमा क्षति बेहोरेको एफएमलाई रुपाकोट मझुवागढी नगरपालिकाले शुक्रबार ७० वाट क्षमताको दुई थान सोलार प्यानल र १५० एम्पीयरको व्याट्री प्रदान गरेको हो।

रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले रुपाकोट सूचना तथा सञ्चार सहकारीका संस्थाका कार्यबाहक अध्यक्ष हरि राजभण्डारी, उपाध्यक्ष सागर जोशीलाई सोलार प्यानल र ब्याट्री हस्तान्तरण गरेका छन्। आगलागीमा क्षति भएलगत्तै एफएमले सहयोगका लागि दिएको निबेदनका आधारमा नगरपालिकाले एफएमलाई सोलार र व्याट्री प्रदान गरेको हो।

सोलारको व्याट्री र इन्भर्टर राखिएको कोठामा अचानक आगो उठ्दा दिक्तेलस्थित रेडियोको अपलिंक स्टुडियोमा आगलागी भएको थियो। आगलागीमा एफएमको एक लाख बढीको क्षति भएको स्टेसन मेनेजर सुर्य तामाङले बताए। आगलागीमा दुई वटा व्याट्री, एक थान सोलार इन्भटर, एक थान कन्ट्रोलर, तार लगायतका उपकरण जलेको थियो।

२०६४ सालमा स्थापना भएको रेडियोले हाल दैनिक ११ घण्टा प्रशारण गर्दै आएको छ। दक्षिण एसियाकै सबैभन्दा बढी शेयर सदस्य रहेको भनिएको ५ सय वाट क्षमताको रेडियोको मुख्य स्टेशनमा चट्याङले हरेक वर्ष क्षति पु¥याउँदै आएको छ। यसअघि २०६८ जेठ १५ गते, २०६९ साल चैत्र, २०७० जेठ २७ गते, २०७१ असार ५ गते, २०७३ भदौ ५ गते परेको चट्याङले रेडियोमा प्रशारण नै बन्द हुनेगरी क्षति पु-याएको थियो।

प्रकाशित: ५ माघ २०७४ १५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App