coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नयाँ सरकारले प्रदेश प्रमुख फेर्न सक्छ : पुन

रोल्पा – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नयाँ सरकारले प्रदेश प्रमुख फेर्नसक्ने बताएका छन्।

रोल्पा नगरपालिका ४ को वडा कार्यालय भवनको उद्घाटन गर्दै पुनले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ हैसियतको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख अस्थायी भएको बताए। ‘अहिलेकाले पठाएका अस्थायी हुन। अब बन्ने नयाँ सरकारले आफ्नो विश्वासको प्रदेश प्रमुख पठाउन सक्छ,’ उनले भने– ‘प्रदेश प्रमुख भनेको केन्द्र सरकारको प्रतिनिधि प्रमुख हो।’

नेता पुनले ५ नम्बर प्रदेशको राजधानी बुटवल बनाएकोमा आपत्ति जनाए। ‘संघीयता भनेको त निकटता हो तर अहिलेको सरकारले त्यसो गरेन,’ उनले भने– ‘५ नम्बर प्रदेशको राजधानी दाङ हुनुपर्छ। बर्दिया चिसापानी र रुकुम हुकुम मैकोटका जनतालाई यो भन्दा ठूलो अन्याय के हुन सक्छ?’

सिंगो प्रदेशको राजधानी एउटा कुनामा ल्याएर राख्नु उपयुक्त नभएको उनको भनाई छ। ‘यो बिबेक सम्बत निर्णय होइन। देउवाजीको सरकारले गरेको गलत निर्णय सच्याउनु पर्छ। उच्च अदालत, प्रहरी, राष्ट्रिय सभा निर्वाचन कार्यालय दाङ राखिसकेर एउटा कुनामा राजधानी राख्नु गलत हो।’

प्रकाशित: ५ माघ २०७४ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App