७ वैशाख २०८१ शुक्रबार
राजनीति

श्रीलंकाका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने

काठमाडौं – श्रीलंकाका राष्ट्रपति मैत्रीपला सिरिसेनाले नेपाल भ्रमण गर्ने भएका छन्। नेपालका लागि श्रीलंकाकी राजदूतले डब्लु. एस. परेराले शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई कान्तिपथस्थित बहादुरभवनमा भेटी राष्ट्रपति सिरिसेनाले चाँडै नेपाल भ्रमण गर्ने जानकारी गराएकी हुन्।

आफ्नो देशका राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्ने बताउँदै राजदूत परेराले भनिन्– ‘दुई देशबीचको सम्बन्ध घनिष्ठ छ, हाम्रा राष्ट्रपतिको भ्रमणपछि झनै घनिष्ठ हुने विश्वास लिएका छौं।’ उनले श्रीलंकाका बुद्धिष्ठहरुका लागि नेपाल आस्थाको केन्द्र रहेको उल्लेख गर्दै वार्षिक ५० हजार श्रीलंकालीले लुम्बीनीको भ्रमण गर्ने गरेको जानकारी गराए।

श्रीलंकाका राजदूतसँगको भेटमा उपराष्ट्रपति पुनले श्रीलंकाका राष्ट्रपतिको छिट्टै नेपाल भ्रमण हुने आशा गर्दै स्वागतका लागि नेपाली जनता आतुर रहेको बताए। उनले श्रीलंकासँग नेपालको व्यापार घाटा बढ्दो रहेको उल्लेख गर्दै सन्तुलनमा ल्याउन दुवै देशले पहल गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ५ माघ २०७४ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App