कमल थापा नेपाली डोनाल्ड ट्रम्पः राणा

बिहिबार, २७ साउन २०७३, १५ : ११ मणि दाहाल  | @maninagarik

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेपाली डोनाल्ड ट्रम्पको संज्ञा दिएका छन्। बिहीबार राजधानीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष राणाले थापालाई ट्रम्पसँग तुलना गरेका हुन्। अमेरिका रिपब्लिन पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्प डेमोक्र्याटिक पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार हिलारी क्लिन्टनप्रति आक्रामक रुपमा प्रस्तुत हुने गरेका छन्।

ट्रम्पकै शैलीमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूमाथि गम्भीर आरोप लगाएको भन्दै  राणाले माफी माग्नु पर्ने बताए। ‘उपप्रधान र परराष्ट्रमन्त्री भएको व्यक्तिले जुन निकृष्ट आरोप ममाथि लगाउनु भएको छ, उहाँ (थापा)ले माफी माग्नुपर्छ,’ राणाले भने,‘ हुँदै नभएको कुरा गरेर आफूमाथि गम्भीर आरोप लगाउन पाइँदैन।’

दुई राप्रपाबीच एकता गर्ने अन्तिम तयारी भएपछि राप्रपा अध्यक्ष राणाले राप्रपा नेपालसँग एकता गर्ने कार्यक्रममा नजान आफ्ना कार्यकर्तालाई निर्देशन दिएपछि दुई दलबीचको एकीकरण भाँडिएको थियो। दुई दलबीचको एकता विथोलिएपछि  राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी तत्वले एकता प्रक्रिया विथोलेको आरोप लगाउँदै त्यसको अगुवाई राणाले गरेको आरोप लगाएका थिए।  राप्रपा नेपालका अध्यक्षलगायतका नेताले गालीगलाैज गर्ने काम दूर्भाग्यपूर्ण भएकाे बताए।

राणाले दुई दलबीच एकता नहुनुमा भारतको कुनै दोष नरहेको बताए। उनले राप्रपा नेपालसँग एकताकालागि सँधै तयार रहेको भन्दै  त्यसका लागि अन्तिम विधानलाई सन्तुलित बनाउनुपर्ने बताए। राणाको पत्रकार सम्मेलनमा लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङ, भुवन पाठकलगायतका नेता  भने अनुपस्थित थिए।

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad