coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तस्बिर खिच्न नदिएपछि शीतल निवासमा क्यामेरा प्रदर्शन

काठमाडौं- प्रदेश प्रमुखहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमका सञ्चारकर्मीहरुलाई अवरोध गरिएको छ। समाचार संकलको लागि शीतल निवास पुगेका पत्रकारहरुलाई गेटमा रोकिएको छ। पत्रकारहरुले त्यसको विरोधमा प्रदर्शन समेत गरेका छन्।

प्रवेश नदिएपछि फोटो पत्रकारहरुले शीतल निवासको गेटमा क्यामेरा राखेर विरोध जनाएका थिए। सरकारी सञ्चारमाध्यमका पत्रकारहरुलाई मात्र सपथमा प्रवेश दिइएको थियो।

लोकतन्त्रमा पनि सार्वजनिक कार्यक्रमको समाचार संकलन र तस्बिर खिच्न रोकिनु दु:खद भएको पिजे क्लवका अध्यक्ष विकास कार्कीले बताए।

 

प्रकाशित: ५ माघ २०७४ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App