८ वैशाख २०८१ शनिबार
समाज

सडकको चौडाइ घटाउन नहुने माग गर्दै धनगढी बन्द

धनगढी – धनगढीमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै शुक्रबार धनगढी बन्द गरिएको छ ।

युवा दबाब समुहको अगुवाइमा भएको बन्दका कारण व्यापार– व्यवसाय शिक्षण संस्था ठप्प भएका छन्।

बन्दका क्रममा प्रदर्शनमा उत्रिएका धनगढी उपमहानगरपालिका–३ का वडाअध्यक्ष बलबहादुर ऐरलगायत ८ जनालाई केही समय नियन्त्रणमा लिएर छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बीरबहादुर बुढामगरले बताए।

सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न बिबादपछि धनगढीको ट्राफिक चौराहादेखि बोराडाँडीसम्मको छ लेन सडक निर्माण कार्य रोकिएको थियो।

सडक ऐन, २०३१ ले सडकको चौडाइ (सीमा) ८२ फिट तोकेपनि तत्कालीन धनगढी नगरपालिकाले ७५ फिटमा घरको नक्सा पास गरिदिएकाले समस्या सिर्जना भएको जनाइएको छ।

बिबादकाबीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना मुआब्जाबिना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका घना जोशीलगायत १३ घरधनीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतको अन्तरिम आदेश पछि सो क्षेत्रको सडक निर्माणको काम केही दिनदेखि रोकिएको हो।    (रासस)

प्रकाशित: ५ माघ २०७४ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App