राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

शुक्रबार, ०५ माघ २०७४, ११ : २४ नागरिक

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ।

आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेसलाई (रुख), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई (गोलाकारभित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाललाई (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिह्न प्रदान गरेको छ।

त्यस्तै नेपाल संघीय समाजवादी पार्टीलाई (बस), नेपाल मजदूर किसान पार्टीलाई (मादल), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई (दापसहितको खुकुरी), बहुजन शक्ति पार्टीलाई (जग), नेपाल परिवार दललाई (साँचो), राष्ट्रिय जनमोर्चालाई (गिलास), नेपाल नौलो जनवादी पार्टीलाई (चुच्चोले चिट्ठी बोकेको परेवा) चिन्ह दिइएको छ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई (गोलाकारभित्र हलो) विवेकशील साझा पार्टीलाई (तराजु), नयाँ शक्ति पार्टी नेपाललाई (देब्रे आँखा), नेपाल दलित पार्टीलाई(इनार) राष्ट्रिय प्रजातन्त्र पार्टीलाई (गाई), बहुजन समाज पार्टी नेपाललाई (जिराफ), गान्धीवादी पार्टी नेपाललाई (भेडा), नेपाली जनता दललाई (गोरुगाडाको चक्का पाङग्रो) र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका उम्मेदवारलाई (षटकोण) चुनाव चिह्नबाट दिइएको निर्वाचन आयोगको सुचनामा जनाइएको छ।

राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ। उक्त निर्वाचनमा २,०५६ जना मतदाताले भाग लिनेछन्। राष्ट्रियसभा सदस्यमा प्रत्येक प्रदेशबाट ८ जना संख्यामा सदस्यको छनोट हुनेछ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने व्यवस्था रहेको छ।

कुल ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा ३ जना सदस्यको राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था रहेको छ। राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो। (रासस)







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad