७ वैशाख २०८१ शुक्रबार
समाज

सुतिरहेको अवस्थामा एक व्याक्ति मृत फेला

चितवन – चितवनको भरतपुर महानगरपालिका–१३ स्थित उजेलीनगरमा विहिबार बेलुकी सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन्।

विहिबार बेलुकी ८ बजे लक्ष्मण महतोका ३३ वर्षीया छोरा किरण महतो आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

खाटमा सुतिरहेका उनलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरिएको परिवारको भनाइ उद्धृत गर्दै चितवन प्रहरीले जनाएको छ।

उनको घाँटीमा डामजस्तो देखिएको छ । मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। (रासस)

प्रकाशित: ५ माघ २०७४ ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App