coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा एकको मृत्यु, तीन घाइते

भक्तपुर – भक्तपुरको सिर्जनानगरमा विहिबार राति भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

काठमाडौबाट सुर्यविनायकतर्फ जादै गरेको बा २ ज २०४१ नम्बरको ट्याक्सीलाई सोही दिशाबाट जादै गरेको बा ४४ प ५१५२ नम्बरकोे मोटरसाइकलले पछाडिबाट ठक्कर दिएलगत्तै काठमाडौंबाटै जादै गरेको अर्कोे बा ८५ प ७०४६ नम्बरको मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना हुँदा बा ४४ प ५१५२ नम्बरको मोटरसाइकल चालक दोलखा भीमेश्वर नगरपालिका–१३ बस्ने ३५ वर्षीय रोशनकुमार बस्नेतको मृत्यु भएको छ।

दुर्घटनापछि दुवै मोटरसाइकलमा सवार ४ जना घाइते भई भक्तपुर अस्पतालमा उपचारको क्रममा बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

दुर्घटनामा बा ४४ प ५१५२ नम्बरको मोटरसाइकलमा सवार काभ्रे कोशीपारि–८ बस्ने २४ वर्षीय केदार खनाल, बा ८५ प ७०४६ नं को मोटरसाइकल चालक दोलखा सैलुङ–१ बस्ने २० वर्षीय मनोज योञ्जन र सोही मोटरसाइकलमा सवार रामेछाप निगालपानी–३ बस्ने १९ वर्षीय धावा मोक्तानको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्सी चालक धनकुटा मुगा–५ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने ४० वर्षीय गंगाबहादुर थापासहित ट्याक्सी र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रसाईंले जानकारी दिए। (रासस)

प्रकाशित: ५ माघ २०७४ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App