coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

महाअभियोग लगाउनुपर्ने १२ कारण सांसदहरुलाई हस्तान्तरण

काठमाडौं— सोलिडारिटी फर डा.केसी अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की तथा आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउनुपर्ने १२ कारण सांसदहरुलाई हस्तान्तरण गरेको छ।

कानुनको गम्भीर उल्लंघन गरी भ्रष्ट्राचारलाई संस्थागत गरेको, इमान्दारितापूर्वक कार्यसम्पादन नगरी संसदीय समितिकै मानमर्दन गरेको, आचार संहिताको गम्भीर उल्लंघन गर्दै एउटाको सम्पत्ति हडपेर अर्कोलाई दिलाइदिएको लगायतका १२ बुँदा छन्। दस्तावेजले संवैधानिक निकायको मान मर्दन गर्दै निहीत स्वार्थ पूरा गर्ने कार्कीका कर्तुत बुझ्न जनप्रतिनिधिहरुलाई सघाउने अपेक्षा अलायन्सले गरेको छ।

कानुनको गम्भीर उल्लंघन गरी भ्रष्ट्राचारलाई संस्थागत गरेको, इमान्दारितापूर्वक कार्यसम्पादन नगरी संसदीय समितिकै मानमर्दन गरेको, आचार संहिताको गम्भीर उल्लंघन गर्दै एउटाको सम्पत्ति हडपेर अर्कोलाई दिलाइदिएको लगायतका १२ बुँदा छन्।

पर्याप्त आधार र कारणहरु हुँदाहुँदै पनि महाअभियोगबारे सांसदहरु मौन रहँदा लोकतन्त्र र विधिको शासनका लागि आत्मघाती कदम हुने अलायन्सको ठहर छ।

'देशमा चारैतिर भय अनि त्रासको बाताबरण फैलाउने अनि त्यसको आडमा दण्डहीनता सिर्जना गरेर आफ्नो संकीर्ण र निहित स्वार्थका लागि हदैसम्म गिर्ने लोकमान सिंह कार्कीको व्यवहार सो दस्तावेजले पुष्टि गर्ने हाम्रो ठहर छ', सांसदहरुलाई ३० पृष्ठ लामो दस्तावेज हस्तान्तरण गरेपछि अलयान्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अलयान्सले संविधानले सुम्पेको जिम्मेवारी पूरा गर्न पनि सांसदहरुलाई स्मरण गराएको छ।

लोकमानलाई महाअभियोग लगाउनुपर्ने १२ कारण पढ्नुहोस्

प्रकाशित: २६ श्रावण २०७३ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App