coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पुलिस र आर्मीबीच फाइनल प्रतिस्पर्धा

काठमाडौं– विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत २८औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

दाङको तुलसीपुरमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–१ ले हराएको हो । पुलिसले एक शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै फाइनलमा स्थान बनाएको हो । एपिएफका दीपक खड्काले १७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । पहिलो हाफमा एक शून्यले पछि परेको पुलिस क्लबले ५३औं मिनेटमा सन्तोषहेम राणाको गोलमा बराबरी गरेको थियो । इन्जुरी समयमा सुमन लामाले गरेको गोल पुलिस क्लबको जितमा निर्णायक बन्यो ।

दाङकै घोराहीमा भएको अर्को सेमिफाइनलमा त्रिभुवन आर्मीले पनि सुदूर पश्चिमाञ्चलमाथि २–१ ले विजय हासिल ग¥यो । मणि चौधरीको गोलबाट १९औं मिनेटमा अग्रता लिएको सुदूर पश्चिमले अन्तिमसम्म त्यसलाई टिकाउन सकेन । पहिलो हाफ एक शून्यले पछि परेको त्रिभुवन आर्मीले ६९औं मिनेटमा एरिक विष्टको गोलबाट बराबरी गरेको थियो । ७१औं मिनेटमा राजीव गुरुङले गरेको गोलमा आर्मीले फाइनलमा स्थान बनायो । आर्मी र पुलिस क्लबले शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
 

 

 

प्रकाशित: ५ माघ २०७४ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App