७ वैशाख २०८१ शुक्रबार
खेल

फेडेररको सहज जित

काठमाडौं– साबिक विजेता रोजर फेडेररले बिहीबार सहज नतिजाका साथ अस्ट्रेलियन ओपनको तेस्रो चरणमा स्थान पक्का गर्दा नोभाक जोकोभिचले संघर्ष गर्नुपर्यो ।१९ पल्टका ग्रान्ड स्लाम विजेता फेडेररले जन लेन्नार्ड स्ट्रफलाई ६–४, ६–४, ७–६ (७-४) को सेटमा विजय हासिल गरे ।

मेलबर्नमा ६ पल्ट उपाधि जितेका जोकोभिचले गेल मोनफिल्समाथि विजय हासिल गर्न कडा संघर्ष गर्नुपर्यो । कुइनाको चोटका कारण ६ महिनापछि कोर्टमा फर्किएका जोकोभिचले पहिलो सेट गुमाएका थिए । त्यसपछिको सेटमा थाकेका मोनफिल्सले एक समयमा अम्पायरलाई ‘मलाई थकाइ र चक्कार लागेको छ’ भनेका थिए । केही आरामपछि कोर्टमा फर्किएका फ्रान्सका १४औं वरीयताप्राप्त मोनफिल्सले जोकोभिचलाई ४–६, ६–३, ६–१, ६–३ सेटको नतिजा सुम्पिएका थिए ।

‘यो निकै गाह्रो अवस्था थियो । विशेष गरी ९० मिनेट खेल्नुपर्दा,’ गर्मीले थाकेका नफिल्सले भने, ‘म अझै शतप्रतिशत ठीक भएको छैन ।’४० डिग्री सेल्सियस तापक्रमको असर महिला प्रतिस्पर्धामा पनि पर्यो । मेलबर्नमा तेस्रो वरीयताकी गार्बिन मुगुरुजा र २०१४ को विजेता स्टेन वावरिन्का प्रतियोगिताबाट बाहिरिएका छन् । मारिया सारापोभाले १४औं वरीयताकी एनास्तासिजा सेभास्तोभालाई पराजित गरिन् । शीर्ष वरीयताकी सिमोना हेलेपले पनि क्यानडाकी युजेनी बुचार्डलाई हराउँदै अघिल्लो चरणमा स्थान बनाइन् ।

विम्बल्डन विजेता मुगुरुजाले ८८औं वरीयताप्राप्त ताइवानकी सिहा सु–वेइलाई ७–६ (७-१), ६–४ को नतिजा सुम्पिइन् । रसियाकी सारापोभाले सेभास्तोभालाई ६–१, ७–६(७-४) को सेटमा पराजित गरिन् । २०१६ की विजेता एन्जेलिक केरबेरले डोना भेकिकलाई ६–४, ६–१ सेटमा हराइन् ।  क्यारोनी प्लिसकोभाले विट्रिज हाडेड माइयालाई ६–१, ६–१ को सेटमा हराइन् । एगनिस्का रडवान्स्काले युक्रेनकी लेसा सुरेन्कोलाई २–६, ७–५, ६–२ को सेटमा हराइन् । त्यस्तै जापानकी नाओमी ओसाकाले रसियाकी एलिना भेस्निनालाई ७–६(७-४), ६–२ को सेटमा पराजित गरिन् ।पुरुषतर्फ चेक गणतन्त्रका टोमास बार्डेचले स्पेनका गुइलेर्मो गार्सिया लोपेजलाई ६–३, २–६, ६–२, ६–३ को सेटमा हराए ।
 

प्रकाशित: ५ माघ २०७४ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App