७ वैशाख २०८१ शुक्रबार
खेल

सेभेन ए साइड उपाधि बंगलादेशलाई

पोखरामा भएको १२ औं दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि विजेता बंगलादेशका खेलाडी । तस्बिरः उमेश पुन-नागरिक

पोखरा –नेपाललाई टाइब्रेकरमा पराजित गर्दै बंगलादेशले १२औं संस्करणको दक्षिण एसियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बाराहीघाटस्थित खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा निर्धारित र थप समयमा १–१ गोल भएपछि निर्णय टाइब्रेकरमा भएको थियो । टाइब्रेकरमा नेपाललाई ३–२ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि हात पारेको हो।

काउन्टर एट्याकमा खेलको ११औं मिनेटमा गोल गर्दै उज्वल खानले बंगलादेशलाई अग्रता दिलाएका थिए । उपाधि उचाल्ने सपना बोकेको नेपालले खेललाई बराबर बनाउन दोस्रो हाफ कुुर्नुप¥यो । ३६औं  विनोद गुरुङले गोल गर्दै  नेपाललाई बराबरीमा ल्याएका थिए ।

टाइब्रेकरमा बंगलादेशका तर्फबाट साजिद, असार फुल र तुहिनले गोल गरे । नेपालका लागि विनोद गुरुङ र हरि गुरुङले गोल गरेका थिए । कप्तान रवि थापामगरको प्रहार बंगलादेशका गोलकिपरले रोकेका थिए । नेपाल सेभेन ए साडड फुटबल फेडेरेसनको आयोजनामा सञ्चालित प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उपाधि जितेको बंगलादेशले नगद २ लाख रुपैयाँ हात पा¥यो । उपविजेतामा चित्त बुझाएको नेपालले १ लाख रुपैयाँ नगद पुरस्कार पायो । उत्कृष्ट खेलाडीको पुरस्कार बंगलादेशका उज्वल खान र म्यान अफ दी म्याचको पुरस्कार बंगलादेशका गोलकिपर अजाजले पाए । फेयर प्लेबाट भारतलाई पुरस्कृत गरियो । विजेता खेलाडीलाई प्रतिनिधिसभा सदस्य एवं नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल सेभेन ए साइड फेडेरेसनका अध्यक्ष नवीन पुनलगायतले ट्रफी, पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

 

प्रकाशित: ५ माघ २०७४ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App