६ वैशाख २०८१ बिहीबार
अर्थ

चार सफल उद्यमी पुरस्कृत

पुरस्कृत चार उद्यमीका साथ आयोजक र अतिथि । तस्बिर दमन -राई

खोटाङ, – उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग विकास समिति खोटाङले चार उद्यमी पुरस्कृत गरेको छ् । जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र व्यवसायीकरणमा योगदान पु¥याएकोमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

२०४२ देखि साना किसान होजियारी उद्योग सञ्चालन गर्दै आएका रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हैकमसिंह राई, ०५७ देखि सयपत्री अगरबत्ती उद्योग सञ्चालन गरिरहेका साकेला गाउँपालिकाका शिवकुमार ढकाल, ०६७ देखि सिर्जनशील सिलाईकटाई उद्योग सञ्चालन गर्दै आएकी रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी देवीकुमारी गेलाल र ०६८ देखि दिक्तेल भिम ह्यान्डिक्राफ्ट उद्योगमार्फत बाँस र काठका सामग्री निर्माण गर्दै आएका दिक्तेलका भीमबहादुर बिकलाई पुरस्कृत गरिएको हो ।

सफल उद्यमीलाई जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जनही तीन हजार रुपैयाँका साथ दोसल्ला ओढाएर कदर–पत्र प्रदान गरे । गाउँमा घरेलु उद्योग सञ्चालन गरेर अन्य उद्यमीलाई स्वाभिमानी, स्वाबलम्बी र आत्मनिर्भर बन्ने प्रेरणा दिएका कारण उनीहरुलाई पुरस्कृत गरिएको हो ।


 

प्रकाशित: ५ माघ २०७४ ०१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App