coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

हक्कीको फाइनलमा आर्मी र सुदूरपश्चिमाञ्चलको भीडन्त

मकवानपुर – राखेप च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय हक्की प्रतियोगिताको फाईनलमा नेपाल आर्मी र सुदुरपश्चिमाञ्चल प्रवेश गरेका छन्। हेटौंडामा जारी प्रतियोगिताको पहिलो सेमिफाईनलमा नेपाली सेनाले पश्चिमाञ्चललाई ५–० गोल अन्तरले पराजित गरि फाईनलको यात्रा तय गरेको थियो। नेपाली सेनाका प्रदिप राजवंशीले २, दिपेन्द्र ऐर, शेरवहादुर रोकाय र काशिराज राईले १–१ गोल गरेका हुन्।

दोश्रो सेमिफाइनलमा सुदुर पश्चिमाञ्चलले पूर्वाञ्चललाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ। सुदूर पश्चिमाञ्चलले पूर्वाञ्चललाई ३–२ गोलले पराजित गरेको हो। सुदरपश्चिमाञ्चलका धिरेन्द्र चन्द, दीपकराज जोशी र केशवराज जोशीले १–१ गोल गरेका थिए भने पूर्वाञ्चलका सुशिल सोरेन र मनोज चौधरीले १–१ गोल गरेको थिए।

महिलातर्फका खेलमा नेपाली आर्मी र पश्चिमाञ्चल विजयी भएका छन। आर्मीले मध्यमाञ्चललाई १–० गोलले पराजित गरेको हो। आर्मीकी सीतामाया बलले निर्णायक गोल गरेकी थिईन्। त्यस्तै, पश्चिमाञ्चलले पूर्वाञ्चललाई पनि १–० गोल अन्तरले पराजित गरेको छ। पश्चिमाञ्चलकी सुनिता गुरुङले निर्णायक गोल गरेकी हुन्। प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ।

प्रकाशित: ४ माघ २०७४ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App