कांग्रेस केन्द्रीय समिति बैठकमा देउवालाई प्रश्नको वर्षा

बिहिबार, ०४ माघ २०७४, १६ : ४८ नागरिक

काठमाडौं- नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे नेताहरुले प्रश्न गरेका छन्।

निर्वाचनमा झड्का ब्यहोरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन दवाब दिएको थियो।  बैठकमा निर्वाचनको बारे समिक्षा भैरहेको छ। प्रधानमन्त्री देउवाले निर्वाचन समिक्षा अर्को बैठकमा गर्ने भन्दै राष्ट्रिय सभा निर्वाचनमा विषय केन्द्रीत गर्न भने पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबारे नेताहरुले सभापतिसँग प्रश्न गरेको एक केन्द्रीय सदस्यले बताए।

बैठकमा केन्द्रीय सदस्य दिपक गिरीले प्रदेशको अस्थायी मुकाम घोषणामा कमजोरी भएको भन्दै आक्रोस व्यक्त गरेका थिए। बैठकमा बोल्दै गरेका उनलाई पार्टी सभापति शेरबहादुर देउवाले ‘यो विषय अर्कै हो बस्नुस्’ भन्दै थम्कार खोजे पनि उनले ५ नम्बर प्रदेशको अस्थायी मुकाम दाङ नभएकोमा असन्तुष्टि जनाए। जवाफमा पुन देउवाले ‘यो अस्थायी भएको भन्दै चिन्ता नगर्नुस्’ भनेका थिए।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले निर्वाचनमा पराजय ब्यहोर्दा पनि समिक्षा बैठक बोलाउन समेत नसकेको भन्दै नेतृत्वको असफलता भएको टिप्पणी गरेका छन्।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले निर्वाचनमा पराजय ब्यहोर्दा पनि समिक्षा बैठक बोलाउन समेत नसकेको भन्दै नेतृत्वको असफलता भएको टिप्पणी गरेका छन्।

बैठकमा बोल्दै चन्द्र भण्डारीले नेतृत्व गुटका आधारमा चलेको आरोप लगाए। स्रोतका अनुसार भण्डारीले बैठकमा, ‘पार्टी विधिबाट हैन कोटरीबाट चलेको छ’ भन्दै आक्रोस व्यक्त गरे।

केही केन्द्रीय सदस्यहरुले प्रदेश प्रमुख तोक्दा पार्टीमा किन सल्लाह नगरेको भन्दै प्रश्न गरेका थिए। एक केन्द्रीय सदस्यले प्रदेश प्रमुखकोको पृष्ठभूमिबारे समेत सभापतिसँग प्रश्न गरेका थिए। कांग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

वरिष्ठ नेता पौडेल पक्षले संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्नुपर्ने माग गर्दै आएका छन्।

 

 








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad