coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

थामखर्क विमानस्थलको कालोपत्रे निर्माण कार्य सुस्त

खोटाङ – दुई वर्षभित्र सम्पन्न गर्ने गरी कालोपत्रे थालिएको खोटाङको थामखर्क विमानस्थलको काम सुस्त गतिमा भइरहेको छ विमानस्थल कालोपत्रको अहिलेसम्म ३५ प्रतिशतमात्र काम सम्पन्न भएको निर्माणस्थलमा खटिएका फिल्ड सुपरभाइजर दानबहादुर श्रेष्ठले बताए।

थामखर्क विमानस्थलमा रौता कन्स्ट्रक्सन कम्पनीले २०७३ माघदेखि कालोपत्र शुरु गरेको हो भने २०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरी जिम्मा लिएको छ। विमानस्थल निर्माणमा अहिले १५ जना कामदारले मात्र काम गरिरहेका छन्। 

विसं २०५६ बाट उडान शुरु भएको थामखर्क विमानस्थल कालोपत्रको काम ठेकेदारको लापरबाहीका कारण सुस्त गतिमा भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणको ९ करोड ३८ लाख ६८ हजार लागतमा उक्त विमानस्थलको धावन मार्ग कालोपत्र भइरहेको छ।

कालोपत्रको काम छिटो सम्पन्न गर्न दबाब दिँदै आएको प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बताए। कालोपत्रका लागि विमानस्थलको धावन मार्गमा ढुंगा तथा गिटी थुपारिएपछि उक्त विमानस्थलमा नौ महिनादेखि हवाई सेवा अवरुद्ध छ।

विमानस्थल कालोपत्र भएपछि जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दासँगै भोजपुरका सर्वसाधारणले समेत सेवा पाउने छन्। नियमित हवाई सेवा सञ्चालन भए काठमाडौंलगायत तराईका विभिन्न जिल्लासम्म आवतजावत गर्न सहज हुनेछ।   (रासस)

प्रकाशित: ४ माघ २०७४ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App