७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चीनमा ७ प्रतिशतले बढ्यो आर्थिक वृद्धिदर

बेइजिङ – चीनमा यसवर्ष आर्थिक वृद्धिदर ६.९ प्रतिशतले बढेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार ७ वर्षयता पहिलोपटक सन् २०१७ मा चीनको अर्थव्यवस्थामा ६.९ प्रतिशतले वृद्धि भएको हो।

चीनले ६.५ प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको थियो। पछिल्लो समय चीन विश्वकै आर्थिक महाशक्ति रुपमा उदाएको छ र यसैकारण लक्ष्यभन्दा बढी वृद्धिदरले विश्वभरका लगानीकर्तालाई उत्साहित बनाएको बताइएको छ।

यद्यपी सरकारी आँकडाअनुसार चीनमा जिडिपी संख्या न्युन छ।

२०१७ मा चीनले गरेको विकास पछिल्लो दुई वर्षयताकै तीव्र गतिमा भएको बताइएको छ र पछिल्लो आर्थिक वृद्धिदर २०१० पछिको सबैभन्दा बढी हो।

चिनियाँ आर्थिक मन्त्रालयले विहीबार आँकडा सार्वजनिक गरेको समाचारमा जनाइएको छ।

प्रकाशित: ४ माघ २०७४ ०९:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App