coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डोटीमा प्रधानमन्त्रीको पुतला दहन

 डोटी- प्रदेश नम्बर ७ को अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा टाँगेका छन्। पार्टीको झण्डा हटाएर कालोझण्डा हालिएको हो।

नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री भएको बेला दिपायल राजधानी नबनाएको आक्रोशमा कालोझण्डा राखेको आन्दोलनकारीहरुले जनाएका छन्। यस्तै कार्यालय परिसरमै प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा र देउवापत्नि आरजुको पुतला बनाएर बजार परिक्रमा गर्दै दहन गरिएको छ। यसअघि बुधबारदेखी नेपाली कांग्रेस डोटीको जिल्ला कार्यसमितिले सामूहिक रुपमा पार्टीको सदस्यता त्यागेका छन्। जसमा जिल्लामा सक्रिय सबै तहका नेता कार्यकर्ताहरुले पनि सदस्यता त्यागेको घोषणा गरेका हुन्। जसमा अझै घोषणा गर्ने क्रम जारी रहेको छ।

प्रकाशित: ४ माघ २०७४ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App