७ वैशाख २०८१ शुक्रबार
समाज

चिसो बढेपछि रुखाखोकी र भाईरलका बिरामी बढे

उदयपुर – झण्डै २ साता यता बढेको चिसोले जिल्लाबासीमा रुघाखोकी र भाईरल ज्वरोको संक्रमण बढेको छ । चिसो अत्याधिक बढेसँगै रुघाखोकी, भाईरल ज्वरो र पेटका बिरामी बढेको पाइएको स्थानीय स्वास्थ्य संस्थाहरुले जनाएका छन् । सातादिनयता सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल, नीजि अस्पताल र क्लिनिकहरुमा बिरामीको अत्याधिक चाप बढेको छ ।

सरकारी र नीजि अस्पताल तथा मेडिकलहरुमा उपचार गर्न आउनेमध्ये अधिकांश रुघाखोकी र भाईरल ज्वरोका विरामी रहेको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत अहेव सुरेन्द्र लम्सालका अनुसार रुघाखोकी, भाईरल ज्वरो, पेट दुख्ने, आउँ पर्नेजस्ता बिरामी दिनहुँ सयभन्दा बढी आउने गरेका छन् । विरामीमध्ये भाईरल ज्वरोले सताइएकाहरु झण्डै दोब्बर बढी रहेको उनले बताए ।

‘दिनहुँ विहान ११ः०० बजेसम्म टिकट काट्ने लाईनमा सयजना नाघिसकेको हुन्छ’ लम्सालले भने ‘आउँ र पेट दुख्ने बिरामीहरु पनि उत्तिकै आउने गरेका छन् ।’ दरबन्दी अनुसार डाक्टर र स्वास्थ्यकर्मी अभाव रहेको जिल्ला अस्पतालमा सीमित जनशक्तिलाई उपचार गर्न भ्याईनभ्याई हुने गरेको छ । लाईन लागेर टिकट काट्नेजत्तिकै हाराहारी आकस्मिक कक्षमा उपचार गर्न आउने गरेका छन् । इमरजेन्सीमै भ्याईनभ्याई र बेड भर्ना भएका पनि उत्तिकै रहेकाले जनशक्तिलाई सकस पर्ने गरेको हेल्थ असिस्टेन्ट (एचए) श्याम राजधामीले बताए ।

बजारका नीजि अस्पताल र मेडिकलहरुमा पनि उत्तिकै विरामीको भिड लाग्ने गरेको छ । गाईघाटस्थित उदयपुर त्रियुगा अस्पतालका डा. डिएल यादवले केहीदिनयता भाईरल र पेटका विरामी बढी आउन थालेको बताए । गाईघाटकै रौता अस्पतालका अनुसार रुघाखोकी र पेटका विरामी तथा ज्वरो आउने विरामी उत्तिकै आउने गरेका छन् ।

चिसोले खासगरी बालबालिका र बृद्धबृद्धालाई बढी प्रभावित पारेको छ । पहाडी भेगका स्वास्थ्य चौकीहरुमा पनि बालबालिका र बृद्धबृद्धामा रुघाखोकी र भाईरल ज्वरो बढी देखिएको रौतामाई १ नामेटारस्थित डहर स्वास्थ्यचौकीका एचए दुर्गा तिम्सिनाले बताईन् । सुनकोसी गाउँपालिका ५ स्थित स्वास्थ्यचौकीका एचए फिरोज अलिले पनि बालबालिका र बुद्धबृद्धा सातादिनयता दोब्बरको संख्या जँचाउन आउने  गरेको बताए ।  

प्रकाशित: ४ माघ २०७४ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App