८ वैशाख २०८१ शनिबार
समाज

बाढी पीडितहरूलाई चाइना एडको राहत

रौतहट – गत साउनको अन्तिम साता आएको विनाशकारी बाढीको कारण पीडित बनेकाहरूलाई रौतहटमा ठूलो जनधनको क्षति भयो। बाढीको कारण करिब दुई दर्जन बढीले ज्यान गुमाए, जिल्लाको असी हजार घर परिवार प्रभावित भएको थियो । बाढीबाट पीडित बनेकाहरूलाई विभिन्न गैर सरकारी तथा सरकारी संघ संस्थाहरूले केही राहत समेत उपलब्ध गरायो । 

बाढी गएको करिब सात महिनापछि रौतहट जिल्लाका करिब चार हजार घर परिवारको लागि पहिलो पटक चाइना एडको ठूलो राहत प्याकेज वितरण भैरहेको छ।

गत साउन महिनाको अन्तिम महिनामा आएको विनाशकारी बाढीको चपेटामा परेर घरवार गुमाएका एवं बाढीबाट क्षतिग्रस्त परिवारलाई चाइना एडको सहयोग र एएनडिपीको सहकार्यमा समाज उत्थानको सहकार्य युनेस्को नेपाल नामक गैर सरकारी संस्थाले दुर्गा भगवती गाउँपालिकाको ३ मत्सरीटोलका बाढी प्रभावितलाई बुधबारदेखि ननफुड सामग्री वितरण गरेका छन्। 

दुर्गा भगवती गाउँपालिकाको गंगापिपरा, भलोहिया, मत्सरी, पचरुखी, र बडहर्वा गरी ५ वडा, यमुनामाई गाउपालिकाको जेठरहिया, भेडियाही, राजपुरतुल्सि, सरुअठा र माधवनारायण नगरपालिकाको गढोटोलका बाढीबाट प्रभावित भएका करिव ४ हजार परिवारलाई पहिलो पटक चाइना एडले राहत सामग्री वितरण गरिरहेका छन् । 

दुर्गा भगवती गाउँपालिकाको मत्सरी टोलमा बुधबार समारोहकाबीच गाउँपालिकाको अध्यक्ष अरुणकुमार साह र वडाध्यक्ष धर्मेन्द्रकुमार झाको उपस्थितिमा समाज उत्थानको सहकार्य युनेस्को नेपाल नामक गैर सरकारी संस्थाले बाढी पीडितलाई राहत प्याकेज वितरण कार्य सुरु गरेको छ ।

राहत सामग्री समारोहलाई सम्बोधन गर्दै गाउँपालिकाको अध्यक्ष साहले बाढीबाट यस गाउँपालिकामा धेरै क्षति भएपनि राज्यबाट ठोस प्याकेज नआएको गुनासो व्यक्त गर्दै ढिलै भएपनि स्थानीय संस्थाको पहलमा चाइना एडको सहयोगमा राहत सामग्री वितरण भएपछि निकै खुशी लागेको र प्रभावित गाउँमै पुगेर राहत उपलब्ध गराएपछि दातालाई धन्यवाद समेत दिएका छन्। 

राज्यबाट दुर्गा भगवतीको बडहर्वा बाहेक अन्य वडामा राहत तथा नेपाल सरकारबाट बाढी पीडितलाई दैनिक ७० रुपैया उपलब्ध गराउने घोषणा भएपनि यस भेगका जनताहरू अहिलेसम्म नपाएकोले पीडितले पटक पटक गुनासो गरिरहेको बेला ढिलो भएपनि ननफुड आइटम २५ हजार मूल्य बराबरको जनही राहत सामग्री उपलब्ध गराएको कार्य अति नै सकारात्मक रहको अध्यक्ष साहको भनाई छ । 

मत्सरीका गैर सरकारी संस्था समाज उत्थानको सहकार्य युनेष्को नेपालका अध्यक्ष दिलिपकुमार झाले गत साउनमा गएको विनाशकारी बाढीबाट तराईका जिल्लाहरू पूर्ण रुपमा प्रभावित भएपछि चाइना सरकारको ध्यान तराईका जिल्लामा केन्दित भई ७ वटा जिल्लाको २४ हजार बाढी प्रभावित घरधुरीका दलित, गरिव, विपन्न, एकल महिलाहरुलाई लक्षित गरेर राहत दिने सेडुल प्रकाशन गरेको बताए ।

संस्थाले बाढी पीडितलाई जनही परिवार धुवारहित सुधारिएको चुल्हो, ३ महिनासम्म पुग्ने हाईजीन किट, २ थान सुपानेट, पानी फिल्टर, कम्बल लगायतका करिव २५ हजार बराबरको ननफुड आइटम वितरण गरेको सो संस्थाले जनाएको छ।

प्रकाशित: ४ माघ २०७४ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App