coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टाइनलाई दिँदै आएको अमेरिकी सहयोग रोक्का

तस्बिर - एएफपी

एजेन्सी -संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनलाई गर्दै आएको सहयोगमा आधा रकम रोक्का गरेको घोषणा गरेको छ ।संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रूपमा रोकेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

 अमेरिकाको यस्तो कदमले संकटमा रहेका भनिएका लाखौं मानिसलाई असर गर्ने संयुक्त राष्ट्रसंघका एक अधिकारीले जानकारी दिएका छन् ।अमेरिकाले प्यालेस्टाइनलाई सहयोग गर्दै आएको करिब १२ करोड ५० लाख डलरमध्ये पहिलो किस्तास्वरुप दिनुपर्ने छ करोड ५० लाख डलर रोक्ने निर्णय गरेको बताइएको छ ।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै उनीहरुलाई दिँदै आएको सहायता रकम रोक्न सकिने खुलासा गरेका थिए । उनले प्यालेस्टाइनले इजरायलसँगको शान्ति प्रयासलाई स्वीकार नगरेमा प्यालेस्टाइलाई दिँदै आएको अमेरिकी सहायता कटौती गर्न सकिने चेतावनी दिएका थिए ।

 उनको सोही प्रस्तावअनुसार अहिले रकम कटौतीको निर्णय आएको बताइएको छ । आइतबार गरिएको यस निर्णयपछि प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले राष्ट्रपति ट्रम्पको चर्को आलोचना गरेका छन् । गत डिसेम्बर ६ मा अमेरिकी राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा प्रस्ताव गरेपछि प्यालेस्टिनी सो निर्णयको विरुद्धमा आएका हुन् । राष्ट्रपति अब्बासले गत वर्षको यस्तो निर्णयपछि नै अमेरिकाको कुनै पनि शान्ति योजनालाई आफूले स्वीकार नगर्ने घोषणा गर्दै आएका छन् ।

 संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी संस्थाले प्यालेस्टाइनी शरणार्थीलाई सहायता गर्दै आएका छन् । ती संस्था तथा राष्ट्रसंघीय निकायले पनि प्यालेस्टिनी नागरिकलाई स्वास्थ्य, शिक्षा र समाजिक सेवाका विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेका छन् ।अमेरिकाले एकतर्फीरुपमा     सहायता रकम रोकेपछि ती कार्यक्रममा असर पर्ने बताइएको छ । यस विषयमा संयुक्त राष्ट्रसंघको तर्फबाट भने कुनै आधिकारिक धारणा भने बाहिरिएको छैन ।

प्रकाशित: ४ माघ २०७४ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App