coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धनकुटामा प्रहरीको गाडी तोडफोड

धनकुटमा आन्दोलनकारीले तोडफोड गरेको प्रहरीको गाडी ।

धनकुटा – धनकुटामा बजार बन्द गराउँदै हिंडेका आन्दोलनकारीले प्रहरीको गाडीमा तोडफोड गरेका छन्। गाडी र पसल बन्द गराउँदै हिडेका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आक्रोशित आन्दोलनकारीले रोकेर राखेको प्रहरीको गाडीमा तोडफोड गरेको हुन। 

आन्दोलनकारीहरुले बिहिबार बिहान साढे ८ बजे तिर धनकुटा बजार बन्द गराउँदै हिंडेपछि जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप राजभण्डारी आफै आन्दोलनकारीलाई पक्राउ गर्न गाडी लिएर गएपछि आक्रोशित आन्दोलनकारीहरुले एसपी चढेर आएको ना. १ झ १३१४ नम्बरको गाडी तोडफोड गरेका थिए। 

मदनचौकमा भएको उक्त घटनापछि धनकुटा बजार तनावग्रस्त बनेको छ । 

आन्दोलनकारीले प्रहरीको गाडीको लुकिङग्लास र बाँया साईडको सिसा फुटाएका छन्। लठ्ठी बोकेर हिडेका आन्दोलनकारी युवाले एसपी राजभण्डारी सहित प्रहरी टोलीलाई घेराबन्दी गरेपछि प्रहरीको गाडी भगाईएको थियो। 

घट्ना पछि धनकुटामा ठुलो समुहमा सुरक्षाकर्मी परिचालन गरिएको छ।  धनकुटालाई प्रदेश नं। १ को राजधानी बनाउन ३४ दिनबाट जारी आन्दोलन र आम हडतालका कारण जनजीवन प्रभावित भएको छ। बुधबार सरकारले प्रदेश नं। १ को अस्थायी राजधानी बिराटनगर तोकेपछि धनकुटाको आन्दोलन थप उग्र बनेको हो। आन्दोलनको कारण कोसीराजमार्गको धनकुटामा यातायात ठप्प छ।  

 

प्रकाशित: ४ माघ २०७४ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App