coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा न्यानो बाँड्दै डा.गोविन्द केसी(फाेटाे फिचर)

रौतहट – केही दिन अगाडिसम्म अनशनरत प्रा.डा. गोविन्द केसी शीतलहर पीडितलाई न्यानो बाँड्न रौतहट पुगेका छन् । बिहीबार बिहानै डा. केसी  कम्बल तथा अन्य न्याना कपडासहित रौतहटको गढीमाइ नगरपालिककाका विभिन्न वडाहरूमा रहेका यहाक, चमार, दुषाद, मुसहर, सरभङ, डोमलगायतका विपन्न समुदायमा देखिए। 

उनी बिना जानकारी डाक्टर तोसिमा कार्की, अभिशेख राजसिंहसहित गढीमाइका दलितबस्तीमा पुगेका हुन् । साथै उनले बाटोमा भिख माग्दै बसेका तथा ज्याला मजदुरी गर्नेलाई समेत न्याना कपडाहरू वितरण गरेका छन्। 

दलित बस्तीमा न्यानो वितरण पश्चात निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेका उनले चिसोबाट कहाँ कहाँका मानिसहरू पीडित छन् आफूलाई थाहा भएको र त्यहाँ पुगी न्यानो वितरण गर्ने कार्यक्रम रहेको बताए ।  

तस्बिर सबै मदन ठाकुर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App