रौतहटमा चिसोबाट मर्नेको संख्या २३ पुग्यो

बिहिबार, ०४ माघ २०७४, १० : ३१ मदन ठाकुर

रौतहट– रौतहटमा अत्यधिक चिसोको कारण कठ्यांग्रिएर मंगलबार राति डेढ महिनाको शिशुसहित दुईजनाको ज्यान गएको छ । यीसँगै जिल्लामा चिसोबाट मर्नेको संख्या २३ पुगेको छ ।

चिसोबाट मंगलबार राति गौर नगरपालिका ७ सिसवाटोलका भाग्यनारायण दुबेका डेढमहिने नाति अनुराग र गरुडा नगरपालिका ५ महम्मदपुरका ५१ वर्षीय तेजा ठाकुर हजामको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नवजात शिशु आमासँग सुतिरहेको अवस्थामा कठ्यांग्रिएर मूर्छित भएपछि उपचारका लागि तत्कालै गौर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै उनको ज्यान गएको अस्पतालले जनाएको छ । यसैगरी खाना खाएर सुत्न गएका ५१ वर्षीय हजामको चिसोबाट कठ्याँग्रिदा एकपटक पखाला र बान्ता भएपछि बेहोस अवस्थामा अस्पताल लैजाँदै गर्दा मृत्युु भएको हाे।

जिल्ला दैवी प्रकोप उद्धार समितिले चिसोबाट ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाखका दरले राहत उपलब्ध गराइरहेको छ । सरकारको नीतिअनुसार जिल्ला प्रशासन कार्यालय रौतहटले मृतक परिवारलाई जनही एक लाख नगद सहयोग दिइरहेको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए । बुधबारसम्म ११ परिवारलाई राहत सहयोग दिइसकेको उनले जनाए  ।
 

चिसो प्रभावित परिवारलाई राहत
रौतहटमा चिसोका कारण कठ्यांग्रिएर ज्यान गुमाएका २० परिवारलाई राहत उपलब्ध गराइएको छ । न्यायाधीश श्रीमती समूह नेपालले चिसोका ज्यान गुमाएकाहरूको परिवारलाई न्यानो अभावमा थप जनधनको क्षति हुन नदिन राहत स्वरूप डबल साइजको सिरक वितरण गरेको छ।

झन्डै एक महिनादेखि बढेको चिसोबाट कठ्यांग्रिएर मृत्यु भएका २० जनाको परिवारका साथै दलित, गरिब एवं अतिविपन्न परिवारका २ सय ३० जना सुत्केरी र ७३ गर्भवती महिलालाई डबल साइजको सिरक वितरण गरिएको हो । रौतहट जिल्ला अदालतका मुख्य न्यायाधीश लेखनाथ ढकालले बाढीपीडित र शीतलहरबाट प्रभावित परिवारको जीवनरक्षाका लागि यसप्रकारको राहत प्रदान गरिएको बताए ।  

  यसैगरी नेपाली सेनाले बाढी र चिसोबाट प्रभावित दलित समुदायका १ सय ६४ परिवारलाई कम्बल वितरण गरेको छ । सेनाको २८ बाहिनी अड्डा, कलैयाका जर्नेल सञ्जयसिंह भण्डारीले मंगलबार कम्बल वितरण गरेका हुन् । जर्नेल भण्डारीकी श्रीमती संगीता भण्डारीले गोपाल–प्रमिला स्मृति ट्रस्टको सहयोगमा गौर नगरपालिका ८ पुरेनवाको ढाँगर बस्तीमा ७४ परिवारलाई कम्बल वितरण गरेकी छिन् । यसैगरी यसै ट्रष्टद्वारा दुर्गा भगवती गाउँपालिकाको बडहर्वास्थित दलित बस्तीका ९० परिवारलाई समेत कम्बल उपलब्ध गराइएको नेपाली सेनाको इन्द्र बक्स गणले जनाएको छ ।
 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad