गरिब बालबालिकालाई निःशुल्क पढाउन आदेश

बिहिबार, ०४ माघ २०७४, १० : ०२ नागरिक

काठमाडौं–सर्वोच्च अदालतले गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई निःशुल्क शिक्षा दिन सामुदायिक विद्यालयलाई अन्तरिम आदेश दिएको छ ।न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले दलित, जनजाति, महिलालगायतका विद्यार्थीसँग कुनै पनि शीर्षकमा शुल्क नलिई पढ्ने व्यवस्था गर्न बुधबार आदेश दिएको हो ।

कमैया महिला जागरण समाजका तर्फबाट कार्यक्रम निर्देशक मानबहादुर डाँगीले शिक्षा मन्त्रालयलाई विपक्षी बनाई दिएको निवेदनमा  सर्वोच्चले यस्तो आदेश दिएको हो ।सर्वोच्चले ‘कुनै पनि शुल्क नलिई शिक्षा प्रदान गरिएका विद्यार्थीको छुट्टै अभिलेखसमेत राख्न’ पनि आदेश दिएको छ । आदेशमा भनिएको छ, ‘गरिबीको रेखामुनि रहेका विद्यार्थीसँग सामुदायिक विद्यालयले कुनै पनि शुल्क नलिनू ।’

संविधानको धारा ३१ (२) मा प्रत्येक नागरिकलाई माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने मौलिक हकको व्यवस्था गरिएको छ ।‘आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायको नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खाद्यान्नलगायतमा हकको व्यवस्था छ,’  आदेशमा भनिएको छ ।शिक्षा ऐनको सातौं संशोधनमा गरिबीको रेखामुनि रहेका दलित, जनजाति र महिलालगायत अन्य विद्यार्थीलाई सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिने व्यवस्था गरिएको छ ।
 

‘कार्यान्वयन गर्न कठिन छ’
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले भने सबैलाई निःशुल्क शिक्षा दिनुपर्ने आदेश कार्यान्वयनमा व्यावहारिक कठिनाइ हुने बताएका छन् । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न र बालबालिकालाई गुणस्तरीय शिक्षा दिन शुल्क लिनैपर्ने भनाइ उनीहरुको छ ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले सर्वोच्चको आदेशमा सरकारीलाई मात्र निःशुल्क गर्ने भनिएको तर जथाभाबी शुल्क असुली गरिरहेका निजी विद्यालयबारे केही नबोलेकाले एउटै देशमा शिक्षामा विभेदकारी नीति भएको बताए । उनले प्रतिस्पर्धात्मक र स्तरीय शिक्षा दिन अभिभाकहरूकै सहमतिमा सहयोगस्वरूप केही शुल्क लिएको बताए ।

ज्ञानोदय मावि, बाफलका प्रधानाध्यापक नातिकाजी महर्जन पनि गुणस्तरीय शिक्षाका लागि थप खर्च जुटाउन अभिभावकसँग सहयोगस्वरुप केही रकम लिने गरेको बताउँछन् । उनले भने, ‘हाम्रो विद्यालयमा स्वीकृत दरबन्दीभन्दा ३१ शिक्षक कर्मचारी बढी छन् । राज्यले उनीहरूका लाथि तलब र सेवासुविधा दिँदैन । ज्ञानोदय स्कुलको वार्षिक खर्च ३ करोड रहेको तर राज्यले डेढ करोड मात्र दिने गरेको प्रधानाध्यापक महर्जनले बताए । उनले भने, ‘हामीले प्रतिस्पर्धामा अब्बल नतिजा दिन अभिभावको रायमै केही शुल्क लिन्छौं ।’ ज्ञानोदयले मासिक ३ सयदेखि ५ सय शुल्क लिँदै आएको छ ।







यसमा तपाईको मत


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।